२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदाहरणीय काम साटासाट गर्न सुझाव

अ+ अ-

डोटी । एक स्थानीय तहले गरेका राम्रा उदाहरणीय कार्यहरू अन्य स्थानीय तहले साटासाट गरी कार्यान्वयन गर्न सके विकास निमार्णमा सहयोग पुग्ने एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् ।

शिखर नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति डोटीले बुधवार आयोजना गरेको नगरपालिकाले गरेका गतिविधीहरुको बारेमा जानकारी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले नगरपालिकाले गरेका उदाहरणीय कार्यहरूको बारेमा जानकारी गराएका थिए । उनले भने, हामीले गरेका राम्रा कामको बारेमा आफैले बयान गर्नु राम्रो त होइन, अरूले मूल्याङ्कन गर्ने हो तर पनि हामीले नदी उत्खननबाट गत आर्थिक वर्षमामा ३६ लाख आम्दानी भएको थियो यो वर्षमा ४६ लाख टेन्डर गएको छ, तिन, तिन महिनामा कार्यक्रमको प्रगति विवरण सूचना पाटीमा टाँस्ने गरेको, ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, दलित छात्रवृत्ति सहयोग, आफ्नै भौतिक संरचना निमार्ण गरेको, बस सेवा सञ्चालनमा ल्याएका छौ ।

नगरपालिकाले गरेका गतिविधीहरुको बारेमा सरोकारवाला निकायहरूलाई जानकारी गराउनु राम्रो अभ्यास भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने नगरपालिकाले जानकारी गराए अनुसार सामुदायिक विद्यालयहरूलाई प्राथमिकतामा राखेर गुणस्तर सुधार गर्न पहल गरेको, सेती नदीबाट उपलब्ध हुने श्रोत साधनको दोहन मात्र नभई संरक्षणमा समेत जोड दिएको कार्य उदाहरणीय रहेको पाईयोे । एक स्थानीय तहले गरेका उदाहरणीय कामहरू अन्य स्थानीय तहले आआफ्नो क्षेत्रमा लागु गर्न सके विकासमा एकरूपता आउनुका साथै गुणस्तरीय विकासमा सहयोग पुग्ने समेत प्रजिअ पौडेलले बताए ।

शिखर नगरपालिकाले गरेका कार्यक्रमहरूको बारेमा नियमित रूपमा सार्वजनिक गर्दा सुशासनको क्षेत्रमा अगाडी रहेको जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐरले बताए, उनले भने ‘जिल्लामा स्थापित नयाँ स्थानीयतहरुमा शिखर नगरपालिका सबैभन्दा अगाडी रहेको पाइयो । हरेक कुरामा जस्तै नदीजन्य पर्दाबाट पनि आम्दानी गरेको अन्य शिक्षा, स्वास्थ्य, सामाजिक विकासको क्षेत्रमा अगाडी छ यस गतिलाई बढाउन आवश्यक रहेको सुझाए । नगरपालिकाले गरेका राम्रो नमुना कार्यहरू जिल्लाका अन्य स्थानीयतहरुले पनि अनुसरण गर्न सके र अन्य स्थानीय तहले गरेका नमुना कार्यहरू नगरपालिकाले लागु गर्न सके जिल्लाको समग्र विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले एक स्थानीय तहले गरेका राम्रा उदाहरणीय, नमुना कार्यहरू अन्य स्थानीय तहले लागु गरी कार्यान्वयन गर्न सके उपलब्धिपूर्ण हुने सुझाव दिएका थिए ।

नगरपालिकाको कार्यालय तलकोटमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनितिकदल, संघ संस्थाका प्रमुख, पत्रकार लगाएको सहभागिता रहेको थियो ।