२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : इटालीमा एकको मृत्यु, मृतकको संख्या २३६० पुग्यो

अ+ अ-

बेइजिङ । युरोपेली मुलुक इटालीमा कोरोना भाइरसका कारण शुक्रबार एक जनाको मृत्यु भएको छ । इटालीयन टेलिभिजन आरएआईका अनुसार उत्तरी भेनेतो क्षेत्रका ७८ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

इटालीमा कोरोना भाइरसको कारण मृत्यु भएको यो पहिलो घटना हो। चीनबाट फर्केका ३८ वर्षीय इटालियन युवामा पहिलो पटक जनवरी २१ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। शनिबार बिहानसम्म इटालीमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको संक्रमण बिस्तारै कम हुँदै गएको जनाएको छ। शुक्रबार थप १०९ जनाको मृत्यु भएको तथा थप ३९७ जनामा संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ।

बिहीबार भने ११५ जनाको मृत्यु भएको थियो। शनिबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण दुई हजार तीन सय ४५जनाको मृत्यु भएको छ। त्यस्तै चीनमा संक्रमितको संख्या ७६ हजार २ सय ८८ पुगेको छ। शुक्रबार मात्रै २ हजार ३ सण्य ९३ जना अस्पतालबाट डिस्चार्ज भएको तथा निको हुनेको संख्या २० हजार ६ सय ५९ पुगेको पनि चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।

चीनबाहिर इरानमा ४, जापानमा ३, दक्षिण कोरिया र हङकङमा २–२, ताइवान, इटाली, फ्रान्स र फिलिपिन्समा एक–एक जना गरी १५ जनाको मृत्यु भएको छ। कोरोना भाइरसका कारण विश्वभर दुई हजार तीन सय ६० जनाको मृत्यु भएको छ भने ७७ हजार ७ सय ६७ जना संक्रमित भएका छन्।

कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आवश्यक कदम चाल्नका लागि भन्दै शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को राजनीतिक ब्युरोको बैठक बसेको छ। पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बैठक बसेको थियो। दुई दिनअघि सीकै अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक पनि बसेको थियो। बैठकमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य र आवश्यक सामग्रीमा ध्यान पुर्याउने विषयमा पनि छलफल भएको सिन्ह्वाले जनाएको छ। एजेन्सी