२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

अ+ अ-

गलकोट । बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेकोे छ । यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको जनाइएको छ ।

बागलुङ क्षेत्र नम्बर एकका प्रतिनिधि सांसद डा सूर्य पाठकले अर्को वर्ष पुनः रु तीन करोड रकम छुट्टाइने जानकारी दिए । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ ।

निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि दिनेश रिजालले ठेक्का सम्झौता हुँदासाथ आवश्यक कामको थालनी गरिएको जानकारी र्दिए । उनले भने, ‘धावनमार्ग कटिङका लागि आवश्यक औजार, उपकरण विमानस्थलमा ल्याइसकेका छौँ, कटिङको काम शुरु भएको छ ।’ शुरुमा कटिङ गर्ने, वरपर नाली निर्माण गर्ने र तारबार लगाउने निर्माण कम्पनीका फिल्ड इञ्चार्ज वासु थापाले जानकारी दिए ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एरलाईन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेका थिए । तर आवश्यक पूर्वाधारको अभावले अहिले विमानस्थल बन्द रहेको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल रहेको छ । ‘नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्नका लागि छुट्टाएको बजेटले निर्माण प्रारम्भ गरिएको छ’, सांसद पाठकले भने ‘बागलुङ नगरपालिकासहित सरोकारवाला निकायको पहलमा आगामी एक वर्षमा कालोपत्रे हुन्छ, अन्य पूर्वाधार अर्को वर्षबाट शुरु गर्नेछौँ ।’ तीन वर्षमा पूर्णरुपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी विमानस्थलको धावनमार्गबाहेकको टर्मिनल टावर मर्मतलगायतका अन्य संरचना निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।

बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले सक्दो साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘विमानस्थल सञ्चालन गर्न झण्डै रु ५० लाख लगानी गरिसक्यो केही समय जहाज पनि चल्यो’, उनले भने, ‘विमानस्थल पुग्ने सडक कालोपत्रे गर्नका लागि पहल भइरहेको छ ।’

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुईदिन ती विमानले उडान समेत भरेका थिए । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।