२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुटका आधारमा भविष्य देख्न छाडौँ : प्रवक्ता श्रेष्ठ

अ+ अ-

कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन् ।

पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा आज पोखरामा उनले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै सामाजिक न्यायसहितको समृद्धिको वस्तुगत चाहनाले मात्र एकता सम्भव भएको हो । गुटबन्दीको संस्कारलाई अन्त्य गरी पार्टीलाई अघि बढाउनु आवश्यक छ । गुटका आधारमा भविष्य देख्न थालियो भने त्यो भुल हुनेछ ।’

पार्टीका हरेक सदस्यले एकताको मर्म र भावअनुसार कम्युनिष्ट संस्कार र आचरण अनुसरण गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले सरकारले केही कठिनाइका कारणले आशातित काम गर्न नसकेपनि अब जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने र सरकारलाई सफल बनाइ छाडिने दृढता व्यक्त गरे । पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले तीनमहिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाइने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीका नेता कार्यकर्ता जनताको घरदैलोमा पुग्दै पार्टी र जनताको सम्बन्ध सदृढ गर्ने तथा सरकारका गतिविधको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए । बैठकमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थियो ।

प्रस्तुत प्रतिवेदनका बारेमा विभिन्न १२ वटा समूह निर्माण गरी छलफल शुरु भएको प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले जानकारी दिए । बैठकमा प्रदेशका ११ वटै जिल्लाका अध्यक्षले सङ्गठनात्मक अवस्था तथा गतिविधि सहितको प्रस्तुती बैठकमा राखेका थिए । बैठक बुधबार पुनः बस्ने बताइएको छ ।