२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

विराटनगर । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितता विरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए ।

नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि प्रतिपक्षको रुपमा पार्टीले सक्रिय भूमिका निभाउनुपर्ने बताए । उनले पद बाँडेर पार्टी बलियो नहुने चर्चा गर्दै भातृ सङ्गठनको अधिवेशन गरेर स्वच्छ छवि भएका प्रतिनिधिको चयन गर्नुपर्छ भने ।

नेता पौडेलले “पार्टीभित्रको विमति नीतिगत र प्रक्रियागतको आधारमा हो, व्यक्तिको होइन’, वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी जोगाउन पूर्वाग्रह नराखी सहमति गर्न म सबैलाई आग्रह गर्दछु ।’ उनले पार्टीलाई जनताको भरोसाको पार्टी बनाउन नेतृत्व तह लाग्नुपर्नेमा जोड दिए । समारोहमा नेता पौडेलले समाजसेवी एवं पूर्वराजदूत गोपालप्रसाद शर्मालाई सम्मान गरे ।

नेपाली काँग्रेस, प्रदेश नं १ प्रमुख सचेतक केदार कार्कीले कार्यकर्ताले जनताको घरदैलोमा पदका लागि नभई सुखदुःखमा सहभागी हुन आग्रह गर्दै विधानअनुसार पार्टी सञ्चालन नभएमा समाप्त हुने धारणा राखे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य महेश आचार्यले पिताजी कृष्णप्रसाद कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाको लागि ठूलो त्याग गरेको स्मरण गरे ।

अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गरी विधान सम्मत हिड्न नेतृत्वलाई आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अध्यारो समाजलाई शैक्षिक, राजनैतिक, चेतना र आर्थिक रुपमा चेतना जागृत गराउन स्व कोइरालाले आफ्नो जीवन सपर्मण गरेको स्मरण गरे ।

परिषद्का अध्यक्ष अशोक कोइराला, नेका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर उपमहानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सम्मानित व्यक्तित्व शर्मा र दधिराज सुवेदीले शिक्षाको विकास र प्रजातन्त्र स्थापनका स्व कोइरालाले खेलेको भुमिकाबारेमा चर्चा गरे ।रासस