२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमै आधुनिक प्रविधिबाट गुणस्तरीय ईँटा उत्पादन

अ+ अ-

काठमाडौं । नेपालमा आधुनिक प्रविधिबाट गुणस्तरीय ईँटा उत्पादन गरिने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ईन्नोसिएसआर कम्पनीले नेपालमा औपचारिक रुपबाटै असल ईटा पद्धतिको व्यवसाय शुरुवात गरेको जानकारी दिएको छ ।

योे ईटा आगोले नपोलेरै बनाइन्छ । जसलाई असल ईट्टा पद्धति भनिएको छ । जुन ईट्टा उत्पादनको क्षेत्रमा नविनतम वैकल्पिक प्रविधि हो । जसलाई माटो, सिमेन्ट, सोइल स्टाबलाइजर पानीको मिश्रणबाट मजबुत पारी तयार गरिन्छ ।

वातावरणीय प्रदुषण कम गर्न यो ईँटा ज्यादै नै उपयोगीमानिएको छ । आगोले ईटालाई पोल्नु पर्ने परम्परागत विधिको ईटा भट्टाले धेरै वातावरणीय तथा स्वास्थय समस्याहरु निम्त्याएको छ ।

ईन्नोसिएसआरले यस्तो समस्याको वैकल्पिक रुपमा अगोले पोल्नु नपर्ने ईटा उत्पादन प्रविधि बजारमा ल्याएको हो । यस्तो प्रविधिबाट ईटा उत्पादन गर्दा १० गुणा उत्पादकत्व वृद्धि हुने, धेरै अदक्ष कामदारहरुको प्रयोग नहुने साथै कामदारहरुको प्रयोग भन्दा उच्च गुणस्तरको हुने, समान मूल्यमा उपभोक्त सम्म पुग्ने र उत्पादकहरुलाई अधिकतम आम्दानी गराउँदछ ।

यस प्रविधिले अधिकतम ईटा उत्पादनको लागतमा कमी मात्रै गर्दैन, यसले उत्पादकलाई वर्षै भरी ईटा उत्पादन गर्न मद्दत मिल्छ । सार्थै वातावरणीय तथा सामाजिक समस्याहरुको समाधान गरी जनता र देशलाई योगदान पुर्याउँदछ ।

ईन्नोसिएसआर सन् २००८ मा स्थापना भएको कोरियन कम्पनी हो । यसले कोरिया लगायत विश्वका विकासोन्मुख देशहरु ः मलेसिया, फिलिपिन्स, चीन र नेपालमा ईटा उत्पादनको क्षेत्रमा नविनतम प्रविधि दिएको छ ।

ईन्नोसिएसआरले शुरुवाती समयमा नेपालको विभिन्न क्षेत्रहरुमा करिब १८ महिना माटोको परीक्षण सम्पन्न गरिसकेको छ । यसको आफ्नै माटो परीक्षण गर्ने प्रयोगशाला भक्तपुरमा रहेको छ । कम्पनीको मुख्य उद्देश्य ईटा उत्पादनको क्षेत्रमा रहेको उद्यमीहरुलाई ईटा उत्पादनको एउटा नयाँ वैकल्पिक प्रविधिको परिचय गराउने रहेको छ ।

गोरखा ईन्नोटेक प्रा.लि.ले सन् २०२० को फेब्रुअरी मा ईन्नोसिएसआरको असल ईटा पद्धति अवलम्वन गरी गोरखाका उपभोक्तहरुलाई बिक्री वितरण गरी शुरुवाती कदम चालेको छ ।

यस उद्योगले करिब २ करोड (२० मिलियन) ईटा वार्षिक रुपमा उत्पादन गर्दछ । साथै स्थानीयहरुले घर निर्माण गर्न असल ईटाको प्रयोग गर्न थालिसकेका छन् ।

पुल्चोक, ललितपुरको ईन्जिनियरिङ्ग क्याम्पसको निर्माण समाग्री परीक्षण प्रयोगशाला (सेन्ट्रल मेटेरियल टेष्ट ल्याव) मा असल ईटाको प्राविधिक जाँच गरी यसको कडापन १० + एमपिए रहेको प्रमाणित गरेको छ । जुन निर्माणको गुणस्तरमा उच्च रहेको मानिन्छ ।

संघ गठन
यस कम्पनीले असल ईटा उत्पादकहरुको एउटा संघ गठन गरेको छ । जसलाई असल ईटा उत्पादक संघ भनिएको छ । यसका सदस्यता असल ईटा पद्धती प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई प्रदान गरिन्छ ।

संघले नेपालको कानून तथा नियमहरुको सम्मानपूर्वक पालना गर्नुका साथै प्राकृतिक श्रोतहरुलाई समुचित प्रयोग भएको छ । मानव प्रतिकुल हुने वातावरण सिर्जना नगर्ने भन्दै नेपालका श्रम ऐन, कानून लाई सम्मान पूर्वक पालना गरी बालबालिका, महिला सबैको श्रमको सम्मान गर्ने जनाएको छ ।

Image may contain: text that says "innocsr Good Bricks Alliance PRESS CONFERENCE Wednesday 4 March, 2020 Hotel Kathmandu"