काठमाडौं । आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजमले प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मान अस्वीकार गरेकी छन् । भारतको पूर्वोत्तर राज्य मणिपुरकी यि बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेरणादायी महिलाको सूचीमा राखेको सम्मान अस्वीकार गरेकी हन् ।
उनले भनेकी छन् , ‘प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ।’
पर्यावरणसम्बन्धी मुद्दामा सक्रिय यि बालिका सन् २०१९ को अन्तरराष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् ।
भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्विटरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको नाम प्रस्तुत गरिरहेको छ।
Dear @narendramodi Ji,
Please don’t celebrate me if you are not going to listen my voice.Thank you for selecting me amongst the inspiring women of the country under your initiative #SheInspiresUs. After thinking many times, I decided to turns down this honour. 🙏🏻
Jai Hind! pic.twitter.com/pjgi0TUdWa
— Licypriya Kangujam (@LicypriyaK) March 6, 2020
किन गरिन् अस्वीकार :
भारत सरकारले आफ्नो नाम पनि उल्लेख गरेपछि लिसिप्रियाले धन्यवाद त भनिन् तर त्यो सम्मान स्वीकार नगर्ने बताइन्।
उनले लेखिन्, ‘प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन। यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस्। मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनको रूपमा उपयोग नगर्नुहोस्। म तपाईँको पक्षमा छैन।’
उनले प्रधानमन्त्री मोदी र सांसदहरूसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी छन्।
उनले ट्विटरमा आफूलाई ‘एक बेघर पर्यावरण कार्यकर्ता’ भनेकी छन्।