२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस् : स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई ‘इमरजेन्सी’ सेवा नरोकी बिरामीको औषधि उपचार गर्न निर्देशन दिएका हुन् । 

अस्पतालमा ज्वरोका बिरामी जाँदा उपचार नगरिरहेको मृत्युको मुखमा पुगेको भन्दै उनले ज्वरोका बिरामीको उपचार गर्न निर्देशन दिएका हुन् । ‘अस्पतालले ज्वरोका बिरामीदेखि डराएर उपचार नगरेको पाइएको छ । बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट ग्रस्त बिरामीको अवस्था जटिल भएर मृत्युको मुखमा पुगेका छन्’, उनले भने, ‘हामीले अस्पताललाई चाहिने औषधिजन्य सामग्री दिएर स्वास्थ्यकर्मीको मनोबल बढाएका छौँ । त्यसैले ज्वरोको बिरामी नहरेर मर्ने स्थितिमा नपुर्‍याउनुहोस् ।’

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवार, साथीको निगरानी (कन्ट्याक ट्रेसिङ्ग) गरिएको जानकारी गराए । उनका अनुसार सङ्क्रमित दुई जनाको ‘कन्ट्याक ट्रेसिङ्ग’ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ ।

मन्त्रालयले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘र्‍यापिड टेष्ट’ गर्ने क्रम बढेपछि त्यो आवश्यक नभएको औंल्याएको छ । तत्क्षण परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट गर्न नमिल्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए ।

‘विभिन्न स्थानमा ‘र्‍यापिड टेष्ट’ कीट ररेको सूचना प्राप्त भएको छ । त्यसले कोभिड–१९ को नमुना परीक्षण गर्नु भनेको  विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको मापदण्ड विपरीत हो’, उनले भने, ‘त्यस किसिमको टेष्ट कीटबाट सही परीक्षण हुँदैन । उनले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पारे ।

मन्त्रालयले आजदेखि नै कोभिड–१९ को नमूना परीक्षण पोखरामा सुरु गरेको छ । मन्त्रालयका प्रवक्ताका अनुसार धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा पनि नमूना परीक्षणको लागि मेशिन पठाइएको छ ।