काठमाडौँ । उपभोग्य सामान बढी मूल्यमा बेच्ने एक पशललाई दुई लाख जरिवाना गरिएको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य सामानहरु एम.आर.पी. भन्दा वढी मूल्यमा बिक्री गर्ने स्वयम्भुस्थित बुध्द बजार प्रा.लि.लाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) काे कसुरमा ३९ (१)(ख) वमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।







