११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकैमा फौजी कीराको प्रकोप

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ । केही सातायता फैलिएको फौजी किराको प्रकोपले वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका किसान चिन्तित बनेका हुन् ।

बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसेका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राईले बताए । यस्तै नोभेको करिब २५० रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको मकैबालीसमेत फौजी किराले सखाप बनाएको किसानले बताएका छन् ।

नगरपालिकाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको जानकारी आए पनि प्रभावित क्षेत्र र प्रभावित किसानको यकिन तथ्याङ्क आउन बाँकी रहेको कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो । गोड्ने बेला भएको मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसान अन्योलमा परेका छन् ।

प्रभावित क्षेत्रको निरीक्षण गर्न तीन जनाको प्राविधिक टोली परिचालन गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । “किसानले बाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप देखिन थालेको छ”, उनले भने, “नियन्त्रण गर्न विषादी खरिदका लागि सम्बन्धित निकायमा पहल थालेका छौँ ।”

ढाडमा पहेँलो तथा सेतो धर्सा देखिने धुस्रे किराले मकैको पातसँगै डाँठसमेत खाएर ठुट्टा बनाएको किसानले बताएका छन् । रातको समयमा सक्रिय हुने फौजी किराले आसपासको रुखपातसमेत सखाप पारेको किसानको भनाइ छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्ष पनि फौजी किराको प्रकोप अधिकांश स्थानीय तहमा फैलिएको थियो । फौजी किराको असर गत वर्ष सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढी देखिएको थियो ।

खडेरीको समेत असर परेको उक्त नगरपालिकामा गत वर्ष फौजी किराले सबै प्रकारका बालीनाली सखाप पारेपछि यस वर्ष भोकमरी शुरु भएको छ । फौजी किराको प्रकोप तथा खडेरी प्रभावित स्थानीयवासीमा शुरु भएको भोकमरी नियन्त्रण गर्न नगरपालिकाले निःशुल्क खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।

जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको उक्त नगरपालिकाले राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरेर खाद्यान्न वितरण गरिरहेको जनाइएको छ । फौजी किराको प्रकोप तथा लामो समयको खडेरीका कारण अन्नबालीको बीउ राख्नसमेत नपाएका स्थानीय बासिन्दालाई नगरपालिकाले निःशुल्करूपमा मकैको बीउ पनि वितरण शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस