२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्ना भनाईको बचाउ गर्दै ट्रम्पले भने-‘मिनेसोटा, ‘मिसिगन र भर्जिनिया राज्यमा कडा प्रतिबन्ध लगाइएको छ”

अ+ अ-

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अमेरिकी राज्यमा बन्दाबन्दीविरोधी प्रदर्शनलाई समर्थन गरेको देखिनेगरी गरिएका आफ्ना ट्वीटको बचाउ गरेका छन्।

शुक्रवारको आफ्नो नियमित पत्रकार सम्मेलनमा उनले मिनेसोटा, मिसिगन र भर्जिनिया राज्यले केही निकै कडा प्रतिबन्धका उपायहरू अपनाएको बताएका थिए।

त्यसअघि उनले एकपछि अर्को ट्वीटहरू गर्दै ती राज्यहरू खुला छाड्नुपर्ने बताएका थिए। उनका ट्वीटहरूमा लेखिएको थियो ‘लिबरेट मिनेसोटा’, ‘लिबरेट मिसिगन’ र ‘लिबरेट भर्जिनिया’।

प्रदर्शन
स्वास्थ्य अधिकारीहरूले भने घरभित्रै बस्नुपर्नेजस्ता उपायहरू कोरोना भाइरस सङ्क्रमण फैलन नदिनका लागि चालिएका कदम भएको बताएका छन्।

तर प्रदर्शनकारीहरूले भने मानिसका आउजाउ बिनाकारण रोक्दै आर्थिक गतिविधिहरू समेत ठप्प पारेर नागरिकहरूलाई आहत पारिराखेको आरोप लगाएका छन्।

लकडाउन अन्त्य गर्न आग्रह गर्दै गरिएका त्यस्ता प्रदर्शन ओहायो, नर्थ क्यारोलाइना, क्यान्टकी, युट राज्यमा समेत भएका थिए।

शुक्रवार ट्विटरमा उल्लेख गरिएका राज्यहरूमा भने डेमोक्र्याटहरूको सरकार छ। रिपब्लिकनहरूले नेतृत्व गरिरहेको ओहायो र युट राज्यको उनले उल्लेख गरेनन्।

विसकन्सिन, ओरेगन, मेरिल्याण्ड, टेक्सस, आइडहो लगायतका राज्यहरूमा थप प्रदर्शनका योजना बनिरहेका छन्।

प्रदर्शनकारीहरू भर्जिनियामा केही दर्जनदेखि मिसिगनमा हजारौँको सङ्ख्यामा छन्।

समर्थनभाव
राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा चरणबद्ध रूपमा हटाउने विषयमा ट्रम्पले गभर्नरहरूलाई निर्देशन दिएको एक दिनपछि उनको समर्थनभाव देखिएको हो।

ट्रम्पका शुक्रवारका ट्वीट बिहीवार उनी स्वयम्‌ले लिएका अडानसँग मेल खाँदैनन्। बिहीवार उनले प्रदर्शनकारीहरूप्रति आफूले सहानुभूति राख्ने बताउँदै ‘ती मलाई मन पराउने प्रदर्शनकारीहरू जस्ता छन्, मेरो धारणा भने सबै गभर्नरहरूको जस्तै छ’ भनेका थिए।

उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताएका थिए।

ट्रम्प प्रशासनले जारी गरेको मार्गदर्शक निर्देशिकामा सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँले गर्ने भनिएको थियो।

ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्र पुनः खोलिने र एउटा चरण कम्तीमा १४ दिनको हुने बताइएको छ।

अमेरिकाको अवस्था के छ ?
अमेरिकामा बिहीवार एकै दिनमा अहिलेसम्मकै धेरै भाइरससँग जोडिएका मृत्युको घण्टा पुष्टि भएका थिए। २४ घण्टामा ४,५९१ मानिसहरूले ज्यान गुमाएका थिए।

मृत्युको विवरण राख्ने काम गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयले कोभिड-१९ को सम्भावित कारण ठानिएका मृत्युलाई समेत उल्लेख गर्न थालेकाले मृत्यु सङ्ख्या निकै ठूलो वृद्धि देखिएको हो।

अमेरिकामा विश्वकै सबैभन्दा धेरै सङ्क्रमण र त्यसकै कारण मृत्यु पुष्टि हुनेको विवरण छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवारसम्म त्यहाँ ७ लाखभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन् र तिमध्ये ३७ हजारभन्दा बढिले ज्यान गुमाएका छन्। बीबीसी