२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कच्चा तेलको मूल्य पहिलो पटक ‘ऋणात्मक’

अ+ अ-

काठमाडौं । कच्चा तेलको मूल्य पहिलो पटक घटेको छ। यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन क्रेतालाई भुक्तानी दिइरहेका छन्।

लकडाउनका कारण विश्वव्यापी रूपमै सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग घटेको छ। फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ। अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को प्रतिब्यारल मूल्य ३७.६३ अमेरिकी डलरमा झरेको छ।

भूमिका
सोमबार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका छ। तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ। मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे।

जुन महिनामा पनि वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारल मूल्य २० अमेरिकी डलर थियो। यसैबीच जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रूड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ।

८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारल २६ अमेरिकी डलर पुगेको छ। लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन्।

तेल उद्योग घटिरहेको माग र उत्पादकहरूबीच उत्पादन घटाउने विषयमा भइरहेको खिचातानीका बीच सङ्घर्ष गरिरहेको छ। केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र उक्त सङ्गठनका सहयोगीहरूबीच विश्वव्यापी रूपमा तेल उत्पादनमा करिब १० प्रतिशतले कटौती गर्ने विषयमा सहमति भएको थियो।

उक्त सम्झौता तेल उत्पादनमा सहमति जनाइएको हालसम्मकै सबैभन्दा ठूलो कटौती थियो। बीबीसी