२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार टेलिफोनमार्फत कुराकानी भएको छ । कुराकानीमा क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको पनि सह्राहना गरिन् ।

जवाफमा राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै चीनको सहयोग रहने बताए ।

साथै चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गरेका छन्। साथै उनले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गरेका छन्।

दुई राष्ट्रप्रमुखले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै प्रगाढ बनाउन यसअघि दुईदेशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।