काठमाडौँ । सरकारले सङ्गठन तथा व्यवस्था सर्वेक्षण(ओएण्डएम सर्भे) स्थगित गर्ने निर्णय गरेको छ ।
वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन तथा व्यवस्था सर्वेक्षण(ओएण्डएम सर्भे) अत्यावश्यक बाहेकको हकमा अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।