२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कतै बत्ती मुनिको अँध्यारो नबनोस्

अ+ अ-

दीपको बत्तीले उज्यालो प्रदान गर्छ, तर ठ्याक्कै बत्तीमुनि अँध्यारो हुन्छ। एसियाका ज्योति ध्यान अनुभूति र ज्ञान प्राप्तिको पराकाष्ठामा पुगेका सम्यक् सम्बुद्ध भगवान् गौतम बुद्धको मार्ग र वहाँको ज्ञान ज्योतिको प्रभाव हेर्दा नेपाल भूमि बत्ती मुनिको अँध्यारो प्रतीत हुन्छ। भगवान् गौतम बुद्ध इश्वर परमात्मा, धर्म संस्कार, प्रथा परम्परा नमान्ने व्यक्ति ईमान्दार संकल्प र अटल साधनाले परमात्मा तुल्य हुनुभयो। आफ्नो अनुभव र ज्ञानमा रहेर जो कोही पनि ध्यान साधनाले बुद्ध बन्न सक्छ भन्नु भयो । समाज व्याप्त वर्ण विभेद,जाती पाती र छुवाछुतलाई नकारेर तत्कालीन समाजमा क्रान्तिकारी विचारको प्रवाह गर्नुभयो र व्यवहारमा समेत लागू गर्नु भयो । ज्ञान प्राप्त गर्ने साधना ध्यान गर्न गृह त्याग गर्नु नपर्ने गृहस्थ जीवनमा नै चार आर्य सत्यलाई बुझेर अष्टाङ्गिक मार्ग अपनाई बुद्धत्व प्राप्त गर्न सक्ने धर्मदेशना दिनुभयो ।

भगवान् बुद्धले दिएको उपदेश किन सर्वमान्य छन् भने वहाँले यी सबै कुरा आफैले साधनाद्वारा आर्जनमा आधारित छन्। विश्व जनसङ्ख्याको १० प्रतिशत मानिसले प्रत्यक्ष र अन्य क्रिश्चियन र हिन्दु धर्मावलम्बी लगायत धेरैले अप्रत्यक्ष रूपमै भए पनि कुनै न कुनै रूपमा बौद्ध मार्गका साधना विधि अपनाएर लाभ लिईरहेका छन् । हिमालयदेखि हिन्द महासागर सम्मका दक्षिण एसिया, दक्षिण पूर्वी र मध्य एसिया करिब दुई दर्जन देशको मूल धर्म बौद्ध धर्म छ। भगवान् गौतमबद्धको शिक्षा २५ सय वर्ष पश्चात् पनि उत्तिकै सान्दर्भिक छ, तनाव,चिन्ता र विषाद जस्ता मानसिक अशान्ति बढेको बेला जुनसुकै धर्म संस्कृतिका मान्छे लाई बौद्ध दर्शन र साधनाका विधि सबैलाई उपर्युक्त छ ।

पूर्ण रूपमा जागृत ज्ञान सम्पन्न वा निर्वाण प्राप्त ब्यक्तिलाई बुद्ध भनिन्छ। आफ्नै प्रयासले ज्ञान प्राप्त गर्नु भएकोले भगवान् गौतम बुद्धलाई सम्यक् सम्बुद्ध भनिन्छ। बुद्धत्व प्राप्त व्यक्ति मात्र सद्गुरु हुन सक्दछ । राज ज्योतिषको भविष्यवाणीलाई साकार हुन नदिन राजा शुद्धोदनले राजकुमार सिद्धार्थलाई दरबारका सुख सयलमा भुलाउने कोसिस गरे तापनि तीनमा उनको कुनै रुचि थिएन। एकान्त प्रेमी कोमलहृदयी क्षत्रिय शाक्य राजकुमार सिद्धार्थ गौतमसँग राजसी सुख सुविधा र ठाँटबाठ सबै उपलब्ध थियो तैपनि मन राज पाठमा लागेको थिएन । एक दिन बाहिर घुम्न जाँदा बाटोमा रोगी, वृद्ध र मृत्यु भएको मान्छे देखे। मानिसहरू दुःख, पिडा र अशान्तिमा छटपटाएको पाए । त्यसताका शाक्य र कोलिय छिमेकी राज्य बिच स-सfना कुरामा युद्ध भई रहन्थ्यो र युद्धका कारण राज्यको अहङ्कार र जनतामा छाएको अशान्ति नै राजकुमार सिद्धार्थमा वैराग्य उत्पन्न हुनुका कारण थिए । उनको मार्गमा बाधा व्यवधान सिर्जना गर्ने ईर्ष्यालु भाई देवदत्त, अजात शत्रु र अंगुलीमाल नभई दिएको भए खराब प्रवृत्तिको ज्ञान कसरी हुन्थ्यो ? विश्व शान्तिका अग्रदूत करुणा मूर्ति भगवान् गौतमबद्धको शिक्षाको उद्देश्य दुःख निवारण गरी स्थायी सुख र शान्ति कायम गर्नु हो ।

भगवान् गौतम बुद्धका चार आर्य सत्य र अष्टाङ्गिक मार्ग
पहिलो आर्य सत्य मनुष्यको जीवनमा दुःख छ । जुन नौ प्रकारका दु:खहरु: जन्म, शत्रु भाव, वियोग, इच्छा, वृद्धावस्था, रोग, शोक, भोक र मृत्यु हुन् । दोस्रो आर्य सत्य दुःखका कारणहरू छन्: तृष्णा जसमा काम तृष्णा (सुखभोगको चाहना), भव तृष्णा (फेरी जन्मिने चाहना) र विभव तृष्णा (कर्मफलमा विश्वास नलिने इच्छा) नै दुःखको कारण हो । तेस्रो आर्य सत्य दु:खवाट मुक्त हुन सकिन्छ : यो दु:खवाट मुक्त हुनु नै दुःख निवारण हो । तृष्णा नाश भएमा दुःखको पनि नाश हुन्छ । दुःखको निरोध तृष्णाको अन्त्य हो । तृष्णाको निरोध नै निर्वाण हो । अन्तिम तथा चौथो आर्य सत्य दु:खवाट मुक्त हुनु नै निर्वाण हो: यही मनबाट अहंभाव, राग, द्वेष र मोह निरोध भएमा निर्वाण प्राप्त हुन्छ ।

दुःख निवारणका लागि अष्टाङ्गिक मार्गको शिक्षा दिनुभयो । जसमा पहिलो-सम्यक् दृष्टि: ठिक धारणा, साधनाद्वारा प्रज्ञा चक्षु खोल्नु, सब्य साक्षी बनेर हेर्नु र शुद्ध धर्मको पालना गर्नु । दोस्रो-सम्यक् संकल्प:चित्तबृत्तिलाई निर्वाणको पथमा लगाउनु । तेस्रो- सम्यक् बचन:असल र हितकारी बचन बोल्नु । चौथो-सम्यक् कर्म : हिंसा रहित कर्म गर्नु । पाँचौँ- सम्यक् आजिविका: श्रम र परिश्रम गरेर जीवन चलाउनु। छैटौँ- सम्यक् व्यायाम : शारीरिक अभ्यास र योग साधना गर्नु ।

सातौँ- सम्यक् स्मृति: सही स्मरणद्वारा सबैलालाई ठिकसँग जान्नु र बुझ्नु । आठौँ- सम्यक् समाधी: चित्तलाई ठिक तरिकाले एकाग्र र स्थिर राख्नु। यसको लागि ध्यान साधनाको अभ्यासद्वारा क्लेषकायामा (बाह्य जगत उन्मुख परकेन्द्र) रहेको अज्ञानता र तृष्णा जो दु:खका मुहान हुन् तिनलाई मेटाई बोधकाया (अन्तर जगत् उन्मुख स्व-केन्द्र) रहनाले दुःखको निवारण हुन्छ ।सम्यकको धारणालाई ठिक्कको वा सन्तुलित भन्ने बुझाउन वाद्य यन्त्र बिनाको तारसँग तुलना गरिएको छ।वीणाको तार धेरै कसिए चुट्टिने सम्भावना हुन्छ र कम कसिए बजाउँदा धुनमा लय नबन्ने हुन्छ । ठिक्क कसिएको अवस्थामा मात्र लयबद्ध मिठो धुनको सिर्जना हुन्छ, त्यसैगरी मानिसले जीवनमा सम्यक् साधना मार्फत सन्तुलन कायम गरेर मोक्ष अथवा निर्वाण प्राप्त गर्न सक्छ भनिएको छ । करोडौँ मनुष्यको भित्री आँखा खोलिदिने विद्याको खजाना दिएर धर्मसंम्प्रदाय, देशको भौतिक सिमाना र समय सीमा भन्दा माथि पुगेको परम प्रकाशित चेतनारूपी महात्मा बुद्धले मनुष्य जगतलाई लगाएको गुनलाई हजारौँ टन सुनले र बुद्ध हाम्रा देशमा जन्मिएका हुन भन्ने उग्र नारा लगाएर मात्र तिर्न सकिन्न ।

भगवान् बुद्धको शिक्षाका मुख्य तीन सन्देश
पहिलो-ओम मणि पद्मे हूँ: यो बौद्धमार्गीहरुले जप्ने छ अक्षरको मन्त्र हो । यसमा आफूलाई म बहुमूल्य रत्न मणी जडित कमलको फूल झैँ स्वयं प्रकाशित आत्मा हुँ भनी आफ्नै महिमा गान छ । यो मन्त्र मार्फत मनुश्यलाई आत्म गौरव र गरिमाको ज्ञान दिनु भयो । सत्य र अहिंसाको मार्ग देखाउनु भयो । ध्यानको विधि अपनाएर प्रत्येक मनुष्यले बुद्धत्व प्राप्त गर्ने सक्दछ भन्ने सन्देश दिनु भयो । बुद्धत्व प्राप्त भए पछि भगवानको पहिलो वाक्य थियो-भोको बसेर र शरीरलाई दुःख दिएर ज्ञान प्राप्त हुँदैन । जापानका प्रख्यात जेन मास्टर डोजेनले बुद्धत्व प्राप्त गरे पछि आफ्नो अनुभूति व्यक्त गरेका थिए- बुद्धत्व वसन्त ऋतुको फुल जस्तो रंगीन, गृष्म ऋतुमा कोईलीको आवाज जस्तो सुमधुर, शरद ऋतुको पूर्ण चन्द्रको रूप जस्तो सुन्दर र जाडो याममा भर्खरै परेको हिउँ जस्तो कञ्चन पवित्र हुन्छ ।

दोस्रो-अप्प दिपो भव: तिमी आफै दीप बन् । भगवान् गौतम बुद्ध जीवनको अन्तिम श्वास गन्दै हुनुहुन्थ्यो । भिक्षुहरू चिन्तित थिए । भगवान् हजुरको सन्देश के छ ? हामीलाई मार्ग देखाउनु होस् भन्दा वहाँको अन्तिम उपदेश थियो- अप्प दिपो भव् अर्थात् तिमी आफै दीप बन् । भगवानलाई ईश्वरपुजा, मूर्ति पुजा र कर्मकाण्डमा विश्वास थिएन। तिमी आफ्नो गुरु आफै बन र आफूभित्र बलिरहेको दिपलाई भेट्टाऊ भन्ने आशय बुझिन्छ । सबैभन्दा परम कल्याणकारी कार्य भनेको आफूलाई चिन्नु, आफ्नू चेतनालाई माथि उठाउनु र त्यसपछि अरूको आत्मोत्थानमा मद्दत गर्नु हो ।

यसका लागि ध्यान गर्नु उत्तम विकल्प हो । एउटा दियोबाट हजारौँ दियो जलाउन सकिन्छ । तैपनि मूल दियोको प्रकाशमा कत्ति पनि कमी आउँदैन । सबै दियोको ज्योतीले अझ उज्यालो गाढा बन्दै जान्छ । त्यसैगरी ज्ञान, खुसी र करुणा बाँड्दा बाँड्नेको रत्तीभर कमी हुँदैन अझ बढ्दै जान्छ । भगवान् गौतमबद्धको जीवनमा यो कुरा चरितार्थ भएको पाईन्छ ।

तेस्रो-बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी: अर्थात् बुद्धको शरणमा जाँउ, धर्मको शरणमा जाँउ र सङ्घको शरणमा जाँउ। सत्यको साक्षात्कार गरेको ज्ञान प्राप्त व्यक्तिको शरणमा जाँउ, धर्मको आचरण पालना गर र सङ्घको शरणमा जाँउ भनी सामूहिकता र सत्सङ्गमा जोड दिनु भएको छ । भोजन र गृह त्याग नगरीकन गृहस्थ जीवनमा रहेर नै मनुष्यले बुद्ध मार्ग अपनाएर निर्वाण प्राप्त गर्न सक्दछ । सत्यको खोजीमा छ वर्षको कठोर तपस्या गरेर सारा मनुष्य जगतको भलाईका लागि भगवान् बुद्धले दुःख कष्ट सहनु भयो । चन्द्रमास तिथि अनुसार हरेक वर्षको वैशाख शुक्ल पूर्णिमाको दिन विश्वमा शान्ति अहिंसा र सद्भावका अग्रदूत भगवान् गौतम बुद्ध जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको एउटै तिथिमा ध्यान साधना सुरु गर्ने, बौद्ध दर्शन बुझ्ने र बौद्ध मार्गलाई जीवन सङ्कल्प बनाउने सबैभन्दा उपर्युक्त दिन हो ।