२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लहान अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयप्रति स्थानीयवासीको विरोध

अ+ अ-

लहान । सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् ।

यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगरक्षेत्र नै खतरामा पर्न सक्ने भन्दै स्थानीयवासीले प्रदेश नंं २ सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।

अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी स्थानीयवासीले लहान अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने बताएका छन् । अस्पताल वरिपरि घना बस्ती भएकाले कोरोना अस्पताल बनाइए सम्भावित खतरा हुन सक्ने भन्दै स्थानीयवासीले खाली रहेको लहानस्थित बलान नदी पुल छेउको कभर्ड हलमा कोरोना अस्पताल सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।

प्रदेश सरकारले अहिले सञ्चालन अवस्थामा रहेको रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेका कारण स्थानीयवासी त्रसित बनेकाले प्रदेश सरकारले यो निर्णय सच्याउनुपर्ने स्थानीयवासी तथा जनता समाजवादी पार्टीका युवा नेता ललितनारायण महतोले बताए ।

गरिब, विपन्न परिवारले सहज उपचार पाइरहेको सो अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय गलत भएको भन्दै अर्का स्थानीय तथा महिला वडा सदस्य नगिना पासवानले यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाएपछि गरिब विपन्न उपचारबाट वञ्चित हुने बताए ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले लहानस्थित सो अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय केही दिनअघि गरेको थियो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेक सातवटा जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने गरी तयारी थालेको छ । प्रदेशका सबै जिल्लामा थप ३/३ सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत प्रदेश सरकारको छ ।

प्रदेश सरकारको निर्णयानुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीको विषयमा आफूहरुसँग छलफलसमेत गरेको स्थानीयवासीको भनाइ छ ।