२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । थपिएका नयाँ सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन् ।

मुलुकभरिमा कोरोना सङ्क्रमणबाट १५५ निको भएको छ । सोमध्ये सबैभन्दा बढी प्रदेश नं २ बाट ९३ जना निको भएको जानकारी गराउँदै सचिव डा घिमिरेले डिस्चार्ज भएका मध्येबाट शिशुका साथै उच्च रक्तचाप, मधुमेहको बिरामी पनि सो सङ्क्रमणबाट निको भएर घर फर्केका हुन् ।

यस प्रदेशअन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा एक महिलासहित १५, सिरहाको महेन्द्र गेनाइ अस्पतालको आइसोलेसनमा छ, महोत्तरीको जलेश्वर अस्पतालमा तीन, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २६ र सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेसनमा १३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै रौतहटको गौरस्थित गौरी नर्सिङ क्याम्पसको आइसोलेसनमा तीन महिलासहित २८, रौतहटको राजपुर फरहदवा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा २५, रौतहटको देवाही गौनाही–१४ स्थित धरहरीको पोलिटेक्निक क्याम्पसको आइसोलेसनमा १४, बाराको कलैया अस्पतालमा एक महिलासहित ३९ र पर्साको गण्डक अस्पतालमा दुई महिलासहित नौ जनाको उपचार भइरहेको छ ।

बुधबार ७४३ जनाको स्वाब सङ्कलन
प्रदेश नं २ मा बुधबार ७४३ जनाको स्वाब सङ्कलन गरिएको छ । यस प्रदेशमा अहिलेसम्म १० हजार ५८९ को स्वाब सङ्कलन गरिएकामा सात हजार ९१५ को रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार ३५० को रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ छ । अहिलेसम्म छ हजार २८७ को आरडिटी गर्दा २० जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमित बढ्दै गइरहेको कारण क्वारेन्टिन र आइसोलेसन श्ययामा पनि व्यापकरूपमा वृद्धि गरिएको छ । प्रदेशमा ३०१ क्वारेन्टिनमा १६ हजार ९१४ श्ययाको व्यवस्था गरिएको छ । यतिखेर क्वारेन्टिनमा १३ हजार ४०२, होम क्वारेन्टिनमा चार हजार ९०३ र आइसोलेसनमा २०३ जना बसेका छन् । यस प्रदेशमा ६४५ आइसोलेसन श्यया रहेको छ ।