बुटवल । पाल्पका एक वडाध्यक्ष तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर शनिबार तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई रुपन्देहीबाट पक्राउ गरेको जानकारी दिएको छ ।
उनलाई शनिबार विहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
वडा अध्यक्ष पुनमगरमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ ।







