२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्यका गाडीमा सांसदको मस्ती, जिल्ला जान मागेको गाडी ८ महिना गायब !

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई वटा गाडी महिनौँदेखि दुरुपयोग भइरहेको भेटिएको छ ।

मन्त्री हृयदयेश त्रिपाठीको आदेशमा जिल्ला जान एक पटकका लागि उपलब्ध गराइएका सरकारी गाडी प्रदेशसभा सांसद र पूर्व संविधानसभा सदस्यले महिनौँसम्म व्यक्तिगत रूपमा प्रयोग गर्दै आएका छन् । उनीहरूले आठ महिनादेखि उक्त गाडीहरू आफैसँग राखेका छन् ।

उनीहरूले मन्त्रालय अन्तरगतकै तराई मधेस समृद्ध कार्यक्रमका गाडी लिएका हुन् ।

मन्त्रालयको बा.२ झ २५०४ नम्बरको गाडी प्रदेश नं ५ को प्रदेशसभा सांसद अजय शाहीले प्रयोग गरिरहेका छन् भने पूर्व संविधानसभा सदस्य ईश्वर दयाल मिश्रले बा २ झ ३३६८ नम्बरको गाडीलाई निजी जस्तै बनाएका छन् ।

त्यसो त जिल्ला जानकै लागि पनि सरकारी गाडी माग्नु पर्ने अवस्था यी दुबैमा देखिँदैन । किनकि सांसद शाह ठमेलमा घरजग्गा भएका सम्पन्न व्यक्ति हुन् भने पूर्व संविधानसभा सदस्य मिश्र पनि आर्थिक रूपमा सम्पन्न व्यक्ति मानिन्छन् ।
हुने खाने र राज्यका जिम्मेवार व्यक्तिहरूबाट नै राज्यको सम्पत्ति दुरुपयोग गर्नु विडम्बना भएको सामान्य प्रशासनकै एक उच्च अधिकारीले बताए ।

‘सामान्यतया मन्त्रीले नै भनिसकेपछि जिल्ला आउन जान गाडी दिनु ठुलो कुरा भएन’ एक उच्च अधिकारीले प्रशासनलाई भने ‘तर जिल्ला गएर फर्किन भनेर लगेको गाडी सात–आठ महिना भयो, फिर्ता भएको छैन’

यसबारे बुझ्न खोज्दा पूर्व संविधानसभा सदस्य मिश्रसँग सम्पर्क हुन सकेन भने शाहीले गाडीको कुरा उठाउँएपछि म एक छिन मिटिङमा छु, एक छिनमा कल गर्छु भन्दै पन्छिए ।

त्यसैगरी मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुलेसमेत एउटाले अर्कोलाई देखाउँदै पन्छिए ।

पछिल्लो समय संघीय मामिला तथा सामान्य मन्त्रालयका प्रमुख जिम्मेवार पदाधिकारीहरू आफ्नो मुख्य बिजनेस छोडेर सरुवामा रमाइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।