काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६०० नाल इन्सास राइफल दिएको छ।
सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले सशस्त्र प्रहरी बलको क्षमता वृद्धिका लागि सेनाले राइफलसँगै अन्य सामग्री सहयोग गरेको बताएका छन्।



