७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको आग्रह

अ+ अ-

काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।

नाडाले सरकारसँग कोरोना सङ्क्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

‘जनता स्वयं आफ्नो दुःख पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना बढी भएको छ, यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी गरिएको निषेधाज्ञाबारे पुनर्विचार गर्न अनुरोध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको छ ।’

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बेरोजगारीको समस्या सरकारले सम्बोधन गर्न नसकेको जनाउँदै निषेधाज्ञाको अवधि थपिँदै जाँदा अरु भयावह हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

‘बन्दाबन्दीको समयमा अटोमोबाइल व्यवसायीहरु ठूलो मारमा परेका छन्, आफ्नो उद्योग व्यवसायबाट नै वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अब अति भयो, समयलाई बुझेर संसारलाई नियालौँ र अब काम गरौँ ।’

प्रतिक्रिया दिनुहोस