२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिनको सामूहिक श्रमदानबाट स्याफ्रुबेँसीको बाढीले क्षतिग्रस्त पुल पुनः सञ्चालनमा

अ अ+ अ-

काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुल सामूहिक श्रमदानबाट मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।

नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा स्थानीय तह, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट तीन दिनमै पुल पुनः सञ्चालनयोग्य बनाइएको हो।

गत भदौ १० गते आएको भीषण बाढीले पुलमा क्षति पुर्‍याएको थियो। पुल क्षतिग्रस्त भएपछि प्रभावित भएको आवागमन मर्मत कार्य सम्पन्न भएसँगै पुनः सुचारु भएको छ।

पुल मर्मतमा गोसाइँकुण्ड र आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले श्रमदान गरेका थिए। विभिन्न निकायको समन्वयमा जनशक्ति परिचालन गरी छोटो अवधिमै काम सम्पन्न गरिएको हो।

नेपाल रेडक्रस सोसाइटीले मर्मतका लागि आवश्यक निर्माण सामग्री तथा मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो। स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र समुदायले श्रमदानमार्फत निर्माण कार्यमा सहयोग पुर्‍याएका थिए।

0 Comments