२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ प्रभावकारी

अ+ अ-

काभ्रे । कोभिड–१९ नियन्त्रणका लागि ‘कन्टयाक्ट ट्रेसिङ’ अभियान प्रभावकारी भएको सङ्क्रमणदर न्यूनीकरण तथ्याङ्कले देखाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले कन्टयाक्ट ट्रेसिङबाट काभ्रेपलाञ्चोकमा कोरोना भाइरस नियन्त्रणमा अपेक्षित उपलब्धी हासिल भएको जनाएको हो ।

हाल जिल्लाका कूल सङ्क्रमितमध्ये ७० दशमलब ५९ प्रतिशत निको भई घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाले थप क्षति हुन नदिन पोष्ट र केन्द्र तल्लिन रहेको बताइएको छ ।

‘सङ्क्रमितसँग सम्पर्कमा रहेकाको तत्काल ट्रेसिङ गरी अन्यमा फैलन नदिन पोष्ट र केन्द्रको प्रयासमा ठूलो उपलब्धि हासिल भइरहेको छ, भाइरस नियन्त्रणमा कन्टयाक्ट ट्रेसिङको प्रभावकारितामा जोड दिइ यो अभियानको निरन्तरतामै छौँ’ पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले भने ।

उनका अनुसार काभ्रेपलाञ्चोकको प्रमुख शहरमा बाक्लो रुपमा सङ्क्रमण देखिएपछि कन्टयाक्ट ट्रेसिङ प्रक्रियालाई जोड दिइएको हो । उनले भने, ‘धुलिखेल अस्पतालको चिकित्सक विज्ञ टोलीले कन्टयाक्ट ट्रेसिङको गाइडलाइन बनाए, त्यसलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पनि अङ्गीकार गरी सोही अनुसार हाल देशैभर कन्टयाक्ट ट्रेसिङलाई कोरोना भाइरस नियन्त्रणको मुख्य आधार बनाउँदै लगिएको छ ।’ उनले काभ्रेपलाञ्चोकको सङ्क्रमणको अवस्था, सङ्क्रमणमुक्तको तथ्याङ्क र स्वास्थ्यकर्मीको भूमिकाले कन्टयाक्ट ट्रेसिङलाई कोरोना भाइरस न्यूनीकरण तथा नियन्त्रणको आधार मानिएको दाबी गरे ।

पोष्टका अनुसार कोरोना भाइरसको उच्च जोखिमसँगै सङ्क्रमणदर बढ्दै गएपछि जिल्लाको नगरमा कन्टयाक्ट ट्रेसिङका दुई टोली र गाउँपालिकामा एक टोली खटाइएको थियो । धुलिखेल नगरपालिकामा सङ्क्रमण समुदायमा फैलन थालेपछि एक हजारमा कन्टयाक्ट ट्रेसिङ गरी परीक्षणको प्रक्रिया थालेपछि हाल ‘मास टेष्टिङ’ गर्न थालिएको छ ।

भैसेंपाटीस्थित इस्पाइनल इन्जुरी अस्पताल, धुलिखेल अस्पताल, जिल्ला प्रहरी कार्यालय, सङ्घीय प्रहरी इकाइ जनागाल, बनेपास्थित शिरमेमोरियल अस्पताल तथा बनेपामा सङ्क्रमण दर बढ्न थालेपछि कन्टयाक्ट ट्रेसिङमार्फत समुदायमा फैलन नदिएको प्रमुख डा. झाको भनाइ छ ।

स्वास्थ्यकर्मी टोलीले कन्टयाक्ट ट्रेसिङ गर्ने र सङ्क्रमितको सम्पर्कमा आएकालाई पिसिआर परीक्षणको अपील गरेका कारण जिल्लामा सङ्क्रमण दर कम भएको पोष्टले जनाएको छ । प्रमुख डा।झाले भने, ‘कन्टयाक्ट ट्रेसिङका लागि स्थानीय जनप्रतिनिधिको भूमिका उल्लेख्य रह्यो, जसबाट हामी थप सफलता हासिल गर्नेमा विश्वस्त छौँ ।’ तीन दिनअघि जिल्लाकै कूल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ०९ प्रतिशत सङ्क्रमित रहेको बनेपामा हाल २१ प्रतिशतमा झरेको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकमा कूल सङ्क्रमितमध्ये हालसम्म ७० दशमलब ५९ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयता ३९१ सङ्क्रमितमध्ये ७० दशमलब ५९ प्रतिशत अर्थात् २७३ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३९ पुरुष र १५२ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १७४ पुरुष र ९९ महिलाले कोरोनालाई जितेको पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११५ छ । सङ्क्रमितमध्ये ८१ अस्पतालको आइसोलेसनमा र ३४ जना होम आइसोलेसनमा उपचाररत छन् । होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पुर्‍याइरहेको प्रमुख डा।झाले बताए । हाल काभ्रेपलाञ्चोकको एक नगर र छ गाउँपालिकासहित सात स्थानीय तह कोरोनामुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये बनेपामा २५, धुलिखेलमा ४८, पनौतीमा ४ र पाँचखालमा ११ तथा नमोबुद्ध र भुम्लु गाउँपालिकमा दुई जना छन् । हालसम्म काभ्रेपलाञ्चोकमा ९ हजार ५०८ जनाको पिसिआर परीक्षण गरिएको छ ।