१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

अ+ अ-

गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे । तीनै तहका सरकारले सामाजिक न्यायसहित विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन समय लाग्ने बताए ।

वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिए । आगामी दिनमा आश्रमको सञ्चालनका लागि दीर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

पोखरा महानर-१७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंँदै समाजका विपन्न एवम् असहाय जेष्ठ नागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सेतीनदी माथिको प्राकृतिक पुल, सदा शिव हरिहर, सिताको पाईला, अकला मन्दिरलगायत प्राकृतिक तथा धार्मिक महत्व बोकेको यस स्थाललाई पर्यटकीय स्थलकोरुपमा विकास गरिनु पर्नेमा उनको जोड थियो ।

उक्त अवसरमा पोखरा–१६ अर्मलाका फरक क्षमता भएका कृष्णप्रसाद भट्टराईले बृद्धाश्रमको निरन्तरताका लागि सञ्चालन गरिएको अक्षयकोषमा जम्मा हुने गरी रु २५ हजार प्रदान गरे । कोषमा हालसम्म ६० लाख बढी रकम सङ्कलन भएको छ भने रु पाँच करोड पुर्‍याउने संस्थाले लक्ष्य लिएको छ ।

विभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतरत रहेको वृद्धाश्रम सञ्चालनका लागि मासिक रु सात लाख ५० हजार खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिए । कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष मनुमाया खत्रीले एक करोड ४४ लाख बराबरको वार्षिक आयव्यय तथा सहसचिव दीपक आचार्यले आश्रमको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस