काठमाडौँ । प्रिमियर लिगका १० खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । फुटबलमा पहिलो पटक ठुलो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
पछिल्लो चरणसम्म १ हजार ५ सय ९५ जनामा क्लबका स्टाफमा परीक्षण गरिएको थियो । सेप्टेम्बर २१ देखि २७ सम्म गरिएको परीक्षणमा उक्त संंख्यामा सङ्क्रमण देखिएको हो ।
परीक्षणको क्रममा पोजेटिभ आएको व्यक्तिको परिचय खुलाइएको छैन । सबैलाई १० दिनका लागि एकान्तवासमा पठाइएको छ ।
गत साता वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयस सहित दुई खेलाडीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । लगत्तै तीनै जना क्वारेन्टिनमा बसेका थिए ।
सन् २०२०–२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको हो ।







