काठमाडौँ । सरकारले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा चार जना कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह श्रेणी, नेपाल लेखापरीक्षण सेवामा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि चार कर्मचारीको नाम सिफारिस गरेको हो ।
हेर्नुहोस् नामावली :








