काठमाडौँ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा विश्वभर ३ हजार ६९४ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ ।
बितेको २४ घण्टामा २ लाख २२ हजार ७४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।