काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका-१ स्थित यारूवगरमा शनिबार बिहान सुक्खा पहिरो खसेको छ।
यारूवगर क्षेत्रमा रहेको ठाडो भर्याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको हो। पहिरो खसेपछि आसपासको क्षेत्रमा त्रास सिर्जना भएको छ।
पहिरोका कारण भएको सम्भावित क्षति तथा अन्य विवरण भने प्राप्त हुन बाँकी छ।





