२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ : नेपाल

अ+ अ-

काठमाडौँ । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो ।

पूर्वअभिलखित ‘भिडियो’ सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको महामारीले निम्त्याएको विनाश र आणविक दुर्घटनाजस्तै भए पनि पारमाणविक दुर्घटनाले एक झपटमै हजारौँ जीवन ध्वस्त पार्ने सन्दर्भ सुनाउँदै कोभिड-१९ विरुद्धको औषधिले मानव जीवन जोगाए पनि आणविक अस्त्रले अमूल्य जीवन बचाउन नसक्ने तर्क गरे ।

अणविक हातहतियारको पूर्ण उन्मूलन तथा आमविनाशकारी सबै हतियारको पूर्ण निःशस्त्रीकरणका पक्षमा नेपाल रहेको दोहोर्‍याउँदै मन्त्री ज्ञवालीले ऊर्जा उत्पादन, स्वास्थ्य सेवा प्रवद्र्धन, कृषि उत्पादकत्व वृद्धि र मानव जीवनरक्षालगायत शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।

बैठकलाई १५ देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, ६४ मन्त्रीसहित ११० वक्ताले सम्बोधन गरेको न्यूयोर्कस्थित राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।