काठमाडौँ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक विद्युतीय (इभी) मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ-कुलेखानी-भीमफेदी सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार इभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।
दुर्घटनामा परेको माइक्रो बसको नम्बर खुल्न नसकेको र इभी गाडीमा करिब १३/१४ जना यात्रु रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
थप विवरण आउन बाँकी छ ।





