काठमाडौँ । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ।
आफूलाई कोरोना पोजिटिभ देखिएको कुरा उनी आफैंले सामाजीक सजाल ट्विटरमार्फत जानकारी दिएका हुन्।
केही लक्षण देखिए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन्। चिकित्सकको सल्लाहबमोजिम उनी अहिले घरमै आइसोलेनमामा बसेका छन्।
पाँच दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन पनि अध्यक्ष चौधरीले आग्रह गरेका छन्।








