२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि ज्ञान केन्द्र स्थापना भएपछि महोत्तरीका किसान उत्साहित

अ+ अ-

महोत्तरी । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् ।

बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो ।

कात्तिकको पहिलो सातामै जलेश्वरमा स्थापना भएको केन्द्रले अब जिल्लामा कृषिक्षेत्रका आवश्यकताबारे प्रत्यक्ष समन्वय गर्ने किसानले आस पालेका छन् । “पछिल्ला करिब तीन वर्ष (जिल्ला कृषि बिकास कार्यालय हटेयता) त हामी रनभुल्ल थियौं”, जिल्लामै मिहिनेती र नयाँनयाँ कृषि प्रविधिबारे चासो राख्ने किसानका रुपमा चिनिनुभएका भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादवले भने, “अब भने किसानलाई परामर्श सेवा, प्राविधिक सरसल्लाह र सहुलियत समयमा पाउने आस जागेको छ ।”

यसअघि स्थानीय तहको निर्वाचन पूर्व जिल्ला/जिल्लामा रहेका जिल्ला कृषि बिकास कार्यालय निर्वाचनपछि हटेर सरकारले दुई जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको थियो । प्रदेश नं २ का आठ जिल्लामा चार केन्द्र सञ्चालनमा ल्याएअनुरुप महोत्तरी र सर्लाहीका लागि मलङ्गवा तोकिएको थियो । यस अवधिमा सामान्य सरसल्लाहका लागि खोज्दा पनि कृषि प्राविधिक उपलब्ध नभएका यहाँका किसानको गुनासो छ ।

किसानले अब जिल्लाका बिभिन्न भेगमा रहेका कृषि सेवा केन्द्र, स्थानीय तह र किसानबीच नवस्थापित कार्यालयले समन्वय गरिदिने आस गरेका छन् । जिल्लाका १५ स्थानीय तहमा कतैपनि कृषि शाखा राम्रो सञ्चालनमा नरहेको बेला स्थापना भएको कार्यालयले अब यस दिशामा सकारात्मक पहलकदमी तत्काल लिने बिश्वास जागेको जिल्लाकै गौशाला नगरपालिकाको बटौवाबस्तीका किसान अरुण सिंह कुशवाहाले बताए।

महोत्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको मानिन्छ । यहाँ तरकारी, फलफूल, माछापालन, पशुपालन (दुध र मासु उत्पादनका लागि) र अन्नबालीका खासखास पकेटक्षेत्र यसअघि नै तोकिएका छन् । अब जिल्लामा स्थापित कृषि ज्ञान केन्द्रले खासखास क्षेत्रमा लागेका किसानलाई थप उत्प्रेरित गर्न आवश्यक रहेको लामो समयसम्म कृषिक्षेत्रमा कृषिविज्ञका हैसियतमा सरकारी सेवा दिएर हाल सेवानिवृत हुनु भएका भङ्गाहा–६ का बासिन्दा राजकिशोर यादवले बताए ।

प्रदेशभित्र प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा समुचित समन्वय हुन नसकेको गुनासो बढेपछि प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत भदौमा सबै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेअनुरुप अहिले केन्द्र सञ्चालनमा आएको हो । कार्यालयले अब किसानको हित र कृषि उत्पादन वृद्धिको ठोस लक्ष निर्धारण गरेर नै काम ब्यवस्थित गर्ने जनाएको छ । “हामीले किसानका आवश्यकतासँग सेवालाई जोड्ने छौं”, जिल्लामा नवस्थापित केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भने, “यसक्रममा कृषि सहकारी संस्थाहरु, स्थानीय तह र हाम्रा मातहत सेवा केन्द्रबीच समन्वय गरिनेछ ।”

जिल्लाका आम किसानले मुख्यतः सिचाइ प्रबन्धका वैकल्पिक उपायको अवलम्वन, उपयुक्त समयमा बीउविजन, मल र सुलभ ऋण, माटो जाँच तथा नियमित समन्वय र प्राविधिक परामर्श पाई रहनुपर्ने बताएका छन् । यता कार्यालयले आफूसँग रहेको जनशक्ति र स्रोतसाधनको भरपूर सदुपयोग गरिने जनाएको छ ।