२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मङ्सिरदेखि पर्यटकीय गतिविधि खुल्ला : मन्त्री भट्टराई

अ+ अ-

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाएका हुन् ।

मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा अघि बढाइने भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।

विमानस्थल पुनः सञ्चालमा ल्याइने
मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिए । गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान शुरु गरिने बताए ।

संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आफूहरुको लामो प्रयासपछि मन्त्रीको निरीक्षणको भएकाले अब विमानस्थलको स्तरोन्नति हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं. १ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भएपनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्ने बताए । उनले काठमाडौँबाट र काँगेलबाट र विराटनगर–काँगेल पनि उडानका लागि तयारी गर्न आग्रह गरे ।

अर्का प्रदेशसभा सदस्य उत्तम बस्नेतले गाउँगाउँमा सडक पुगेसँगै काँगेलडाँडा विमानस्थल सञ्चालनको बलियो आधार बन्दै गएको बताए ।

नेकपा सोलुुखम्बुका अध्यक्ष मानवीर राईले विमानस्थल स्तरोन्नतिका लागि भएका पहल सकारात्म रहेको जनाए । गाउँपालिका अध्यक्ष असिम राईले विमानस्थगल पुनःसञ्चालनका लागि स्थानीय सरकार साझेदारी गर्न प्रतिबद्ध रहेको बताए ।

विसं. २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६३ सालदेखि उडान सेवा शुरु भएकामा विसं २०७२ मा उडान बन्द भएको थियो ।

महाकुलुङ तालको डिपिआर बन्न
काँगेलडाँडा विमानस्थलको स्थलगत अध्ययनपछि मन्त्री भट्टराईले महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको समेत निरीक्षण गरेका छन् ।

वातावरणीय प्रभाव मुल्यांकन पास भएको उक्त विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पनि छिट्टै बन्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमा विमानस्थललाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विमानस्थल सञ्चालनपछि मेरापिक, मुन्दुम ट्रेल पदमार्गमा आउने पर्यटकलाई समेत सहज हुने मन्त्री भट्टराईको भनाइ छ । महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले महाकुलुङ विमानस्थल त्यस क्षेत्रका नागरिकको समेत जीवनस्तरसँग जोडिएको हुनाले द्रुतगतिमा निर्माण कार्य अघि बढाउन आग्रह गरे ।