२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तालिबानहरुले युद्धविराम गरेको भए पनि हिंसात्मक हमला रोकेका छैनन् : अफगान राष्ट्रपति घानी

अ+ अ-

काबुल । तालिबानहरुले नागरिकमाथिको हमलाहरु घटाउने भनेको भए पनि अफगानिस्तानमा हिंसामा कमी नआएको अफगान राष्ट्रपतिले जानकारी दिएका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मंगलबार सो कुरा बताएका हुन् । उनले क्षेत्रीय शान्ति र प्रगतिका लागि सबै आतंकवाद नियन्त्रणसम्बन्धी सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांघाइ कोअपरेसन अर्गनाइजेसन सम्बन्धी सम्मेलनलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएको बताइएको छ । उनले भने– अफगानिस्तानले विभिन्न खालका आतंकवादी क्रियाकलापहरु सहनुपरेको र देशले ठूलो हिंसा पनि व्यहोर्नुपरेको छ । यी सबै आतंककारी क्रियाकलापहरुलाई नियन्त्रणमा गर्न सबैको सहयोगका अपेक्षा गरेका छौँ ।

उनले पछिल्लो समयमा तालिबानहरुले शान्ति वार्ताको शुरुवात गरेका छन् र उनीहरुले सर्वसाधारण नागरिकमाथि हमला नगर्ने पनि बताएका छन् भने ।

तर उनीहरुले यस्ता जतिसुकै प्रतिबद्धताहरु व्यक्त गरेको भए पनि हमला गर्न भने नछोडेका बताए । ताबिलानहरुले शान्ति वार्ताको शुरुवात गरेपछि यस्तो खालको हिंसा नहुने बताएका भए पनि अफगानिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक हमला गर्न भने नछोडेको कुरा दोहोर्‍याए ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगान राष्ट्रपति घानीले यसअघि पनि शान्ति वार्ताको लागि भन्दै तालिबानहरुले युद्धविराम गरेका र शान्ति वार्ताका लागि भन्दै हिंसात्मक खालका हमलाहरु नगर्ने भनेको भए पनि उनीहरुले त्यस्तो इमान्दारिता नदेखाएका बताए ।

पछिल्ला दिनहरुमा पनि तालिबानहरुले अफगानिस्तानमा हमला गर्न नछोडेका र सर्वसाधारण नागरिकहरुको ज्यान दिन प्रति दिन गइरहेको उनले बताएको टोलो न्युजले बताएको छ ।