काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।
काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् ।







