काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिएका छन् ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको उनले जनाएका छन् ।
आजको यो बैठकलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बढेको विवादका कारण महत्वपूर्ण मानिएको छ ।
अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आजको बैठकमा दिने कार्यसूची छ ।