रौतहट । राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ महताफ आलम पक्राउ परेका छन्।
आलमलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । संसद आलम पक्राउ परेपछि महताफ फरार थिए।
२०६४ चैत २७मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो। बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप उनीमाथि छ।
मुख्य आरोपी संसद अफताव आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए। संसद आलम हाल कारागारमा छन्। उक्त घटननाका ११ आरोपीमध्ये ५ जना पक्राउ परिसकेका छन्।







