२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडसँग भिड्दा !

अ+ अ-

चीनको वुहान शहरमा कोभिड सङ्क्रमण देखिएको एक वर्ष पुगेको दिन ममा पनि सङ्क्रमण पुष्टि भएको थियो । चीनसँग लामो सीमा जोडिएको जिल्ला हुम्लामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा थिए त्यो वेलामा । तिब्बतको ताक्लाकोटमा सीमा क्षेत्रका बासिन्दा गर्मी सिजनमा रोजगारीको लागि जाने र हिउँदमा नेपाल फर्कने नियमित प्रक्रिया हो तर केही व्यापार व्यवसाय गरेर बसेका हुम्ली जाडोमा पनि ताक्लाकोटमा नै बस्थे । गत वर्ष चीनमा कोरोना सङ्क्रमण फैलिएपछि उतै बस्ने हुम्ली पनि आतुर थिए घर फर्कन । दिनहुँ ताक्लाकोटका नेपाली उद्धार गरी नेपाल ल्याउन दबाब आइरहन्थ्यो । हिमपातको शुरुवात भैसकको हुँदा आवत जावत असम्भव नै थियो । उद्धारको लागि हेलिकप्टर मात्र विकल्पको रूपमा थियो ।

झन्डै २०० को सङ्ख्यामा रहेका नेपाली हेलिकप्टरमार्फत उद्धार गर्ने विषय त्यति सहज नहुँदा चिनिया अधिकारीमार्फत कुरा गरी नेपाली नागरिकलाई कुनै पनि असहजता नहोस् भन्ने व्यवस्था मिलाइएको थियो । यति हुँदा पनि कोरोनाको त्रास कल्पना गर्नै नसक्ने थियो । झन्डै ४५०० मिटरमा रहेको नारा पास चार/पाँच फिट जमेको हिउँ छिचोल्दै एक व्यक्ति कोरोना त्रासले ताक्लाकोटबाट ३/४ दिनको बाटो काटेर नाम्खा गाउँपालिकाको यारी भन्ने ठाउँमा आइपुगेका थिए । सदरमुकामबाट उक्त ठाउँमा पुग्न स्थानीयलाई ३ दिनको बाटो हो ।

चिसोले शरीर पुरै निलो, हात खुट्टा सुन्निएर हिँड्न नसक्ने अवस्थामा निजलाई प्रहरीले फेला पारी प्रहरी चौकीमा राखी स्थानीय स्वास्थ्य चौकीमा उपचारको प्रयास गरे पनि स्थानीयले निजलाई कोरोना लागेको आशङ्कामा कुनै पनि हालतमा स्वास्थ्य चौकीमा उपचार गर्न नदिने अवस्था बन्यो । तत्काल प्रहरी चौकीबाट हेलिकप्टरबाट गाउँ बाहिर नलगे प्रहरी चौकी नै आगो लगाउने धम्की गाउँलेले फोन मार्फत दिए । सङ्क्रमित व्यक्तिले बाटो हिँड्दासमेत गाउँ सङ्क्रमित हुने डर थियो । राष्ट्रिय समाचार माध्यमले पनि विषय वस्तुलाई नबुझी कोरोना सङ्क्रमित तिब्बतबाट हुम्ला पुगेको भनी पीडित व्यक्तिको फोटो सहित समाचार बनाए, जसको कारण गाउँमा त्रास झनै बढेर पुरै गाउँ आतङ्कित बन्यो ।

हेलिकप्टर मार्फत निजको उद्धार प्रयास सहज नहुँदा निजलाई घोडा मार्फत विशेष सुरक्षा सर्तकताका साथ हिमपात हुँदा हुँदै ३ दिन लगाएर सदरमुकाम अस्पताल ल्याइ भोलिपल्ट नेपालगन्ज अस्पतालमा भर्ना गरिएको थियो ।

माथिको प्रसङ्ग कोरोनाको त्रास मानिसमा यति धेरै थियो कि मान्छेले सङ्क्रमितको छेउमा पर्नु त परैको कुरा सङ्क्रमितसँग फोनमार्फत कुरा गर्दा पनि सर्छ । यसो गरे पनि सर्छ उसो गरे पनि सर्छ । लागिसके पछि मर्ने बाहेक अन्य उपचार छैन भन्ने धेरै भ्रम थिए । कोरोनाको मृत्यु दर अधिकतम ३ देखि ४ प्रतिशत भए पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रशारित हुने समाचारका भाषा पनि मृत्यु दर ९० प्रतिशत भन्दा बढी हो कि भन्ने भान हुन्थ्यो । हुन त अहिले पनि यो रोग कसरी सर्छ कसरी बच्न सकिन्छ भन्ने शोध अनुसन्धान जारी नै छ ।

कोरोना सङ्क्रमणले अत्यधिक शक्तिशाली अमेरिकी राष्ट्रपतिदेखि बेलायती प्रधानमन्त्रीलाईसमेत नछोडेको अवस्था भए पनि नेपालमा सुरुमा यसप्रति मानिसहरू ज्यादै सजक रहेका थिए । जीवन धान्नै नसक्ने अवस्थामा रोग भन्दा भोक खप्न नसक्ने अवस्था सिर्जना भयो । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या अचाक्ली बढी रहँदा पनि मानिसले वास्तै गरेको देखिँदैन । सधैँ कोरोनासँग भागेर न त राष्ट्रिय जीवन न त व्यक्तिगत जीवन निर्वाह हुने अवस्था रहिरहन्थ्यो । कोरोनालाई साथी बनाउनुको विकल्प थिएन र छैन पनि । म पनि सोही बमोजिम एक दिन अवश्य पनि कोरोनासँग लड्ने दिन आउँछ भनी मानसिकरुपमा तयार भई बसेको थिए । सामान्य रुघा लागेपछि घरमै तातो पानीको बाफ लिएर बस्न थाले । अवस्था सामान्य नै थियो । चार पाँच दिन पछि छाती केही गह्रुङ्गो जस्तो भयो । परीक्षण गरेको तेस्रो दिन बिहानै मोबाइल सन्देशले कोरोना पोजेटिभ भएको प्रमाणित भयो । परीक्षण प्रतिवेदन नआउँदासम्म कोरोना सोरोनाले मलाई खासै विर्गान सक्दैन भन्ने दरो मनोबल कता-कता कमजोर भयो ।

कोरोनाका लक्षण खासै थिएन । तर पनि गुर्जो पानी लगायतका जडीबुटीले निरन्तरता पायो । आफन्त र साथी भाइको सल्लाह अनुसार धेरै भन्दा धेरै खाने कोरोना पचाउने उपाय मन पर्‍यो । सोही बमोजिम मात्रा मिलाएर सही खाने भन्दा पनि जसले जे भन्छ त्यही खान थाले । अण्डा मासु नखानेलाई गाहो हुन्छ भनेर परिवारका सदस्यले अण्डा खान कर गरे । बिहान जुरुक्क उठेर अन्य खाना बनाउने भन्दा दिनेलाई पनि सजिलो खानेलाई पनि सजिलो अण्डा दूध हर्लिक्स । खानाको तजबिजी नमिल्दा ग्यास्टिकले दुई दिनसम्म न खाना खान सकियो न निदाउन । कोभिडको असर देखियो ज्वरो आउन थाल्यो । दुई दिनसम्म खोकी लाग्यो १०४ डिग्री फरेन हाइटसम्म ज्वरो आयो ।

चिकित्सकको सल्लाह बमोजिम ग्यास्ट्रिक औषधी र ज्वरोको लागि पारासिटामोलको नियमित सेवन पश्चात् ज्वरो खोकी कम भयो । अव सङ्क्रमणको खतरा टरो होला भन्ने लाग्यो । शरीरमा हल्का चिलाउने र डाबर देखा पर्न थाल्यो । चिकित्सक परामर्शमा यसलाई कोरोनाको लक्षण भन्दा पनि खानाको एलर्जीकोरूपमा बताए र एलर्जीकै औषधी खान सुझाव दिए । एलर्जीको औषधी सेवन गरियो । चिलाउने मात्रा घट्न हैन बढ्न थाल्यो । चिलाइसँगै पोलाइको मात्रा पनि बढ्यो । छालाभरि रातो धब्बाहरू बढ्न थाल्यो । अव कोरोनाले भन्दा पनी कतै ब्लड क्यान्सर त भएन भन्ने आशङ्का बढ्न थाल्यो । शङ्का निवारणको लागि कोभिडको परीक्षण नेगेटिभ आउनु पर्ने थियो । रातभर हात खुट्टा पोलेर सुत्न निदाउन सक्ने अवस्था थिएन । दुई दिनसम्म अचाक्ली पीडा भइरह्यो । लामखुट्टेले टोके जस्तो शरीर भतभती पोल्थ्यो । सामान्यरूपमा अस्पताल र चिकित्सकहरूको पहुँच भएको राजधानी बासी म जस्ताले कोभिड सङ्क्रमित हुँदा अन्य रोगको उपचारको सम्भावना कम थियो भने अन्य नागरिकको अवस्था के होला भन्ने लाग्यो ।

विशेष पहल मार्फत टिचिङ अस्पतालको कोभिड वार्डमा आफै उपस्थित भई चिकित्सकसँग परामर्श गर्दा छाला सम्बन्धी चिकित्सकसँग सम्पर्क गर्न भनियो । सम्पर्क गर्दा भाइवर मार्फत फोटो पठाउने निर्देशन आयो । फोटो पठाए बमोजिम सिफारिस गरिएको औषधीले खासै समस्या समाधान भएन । पुन: सोही चिकित्सकसँग विशेष अनुरोध गरी भेटे पश्चात् दिएको औषधीले पोल्ने चिलाउने समस्या कम भयो । डाबरहरू हराउँदै गए । कोभिड परीक्षणको नतिजा पनि नेगेटिभ आयो ।

छ/सात वर्षको हुँदा खुट्टा भरी घाउ आउँदा माइजूले उपचारको लागि बर्दिबास लैजाँदा दिनहुँ  ११ वटा सुई लगाउनु पर्छ भनेका थिए । गाडी चढेर बर्दिबास दिनहुँ आउन पाइने भो भन्ने खुसीले सुई लगाएको पनि पत्तै भएन । सुई लगाउने पनि चकित भए कस्तो बच्चा होला सुई लगाउँदा पनि कुनै प्रतिक्रिया छैन । सुई लगाएपछि माइजूले चारआना (पच्चिस पैसा) को बरफ किनिदिनु भयो । एघार दिनसम्म बफर खान पाउने झनै खुसी बढ्यो । दोस्रो दिनबाट माइजूको हैन घरमा काम गर्ने विल्टु दाईकोसाथ पाइयो हप्तामा दुई दिन मात्र हाट लाग्ने हुँदा बरफले निरन्तरता पाएन । तर पनि दिनहुँ बस चढ्न पाउँदा सुइँको घोचाइ र घाउको दुखाइ यादै भएन । अर्को पटक अत्यधिक ज्वरो आयो । ज्वरो नाप्ने जिनिस घरमा थिएन । अहिले लाग्छ १०४ डिग्री भन्दा कम ज्वरो थिएन । मामाले आत्तिएर रातको दश एघार बजे उपचारको लागि काँधमा बोकेर लैजानुभयो । गाउँमा स्वास्थ्य चौकी नहुँदा ढल्केवर जानुपर्ने थियो । रातको समय हुँदा सार्वजनिक बस चलेका थिएनन् । मामाले पन्जाबी ड्राइभरलाई ट्रक रोक्न लगाइ ट्रकको पछिल्लो भागमा बस्दा हावाले हो कि ट्रक चढ्न पाउँदा हो ज्वरो आफै कम भएको थियो । बच्चा हुँदा मरिन्छ भन्दा पनि साना कुराले खुसी दिने हुँदा दुखाइको पीडा विसर्ने रहेछ । उमेर बढ्दै गएपछि आत्मावल कम हुँदो रहेछ, जसले रोगसँग लड्ने क्षमता कम हुने रहेछ ।

कोभिड सङ्क्रमण हुँदा रोगसँग लड्ने रोग प्रतिरोधी क्षमता त्यसै कम हुने हुँदा अन्य रोगहरूले पनि सोही समयमा आक्रमण गर्ने सम्भावना बढी हुने रहेछ । कोभिडसँगसँगै अन्य रोगको निदान र उपचार नपाउँदा सङ्क्रमितको मृत्युदर बढ्ने जस्तो लाग्यो । अत्यधिक गुर्जो लगायतका जडीबुटी सेवनको असरका कारण पनि एलर्जी लगायतका समस्या हुने देखियो । अतः खानपिनमा विशेष ध्यान दिई देखिएका लक्षणहरूको उपचार पनि चिकित्सकको सल्लाह बमोजिम गर्न सकिएको खण्डमा बिरामीको आत्मबल बढ्ने महसुस भयो ।