७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धबाबा सुरुङमार्ग: आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी

अ+ अ-

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मंसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याउने गरी कामलाई अगाडि बढाएको हो ।

सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले बताए । उनले भने, “बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ । अब एकदुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढाउँछौँ । उनले मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्छौँ ।”

भोटेकोशी बाढीले सुरुङ मार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालन गर्ने  पूर्वनिर्धारित योजना केही समय प्रभावित हुन पुगेको बास्तोलाले बताए । हाल सुरुङभित्र सडकको पिच सकेर रङ रोगन चलिरहेको छ । टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ । लाइनिङ अर्थात् भुइँ भित्ता ढलानसहित सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भएको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी काम बाँकी रहेको प्रमुख बास्तोलाको भनाइ छ ।

सुरुङ मार्गको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत रहेको योजना कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर सौम्य आनन्दले बताए ।

हालसम्म मुख्य सुरुङसहित बाइवास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भट, टनेल भित्रको प्रिमेन्टको काम सकिएको आनन्दले बताए ।  तीन वटा बाइपास निर्माण गरिएको छ । सुरुङको भित्री काम सकिएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम थालिने इन्जिनियर आनन्दले बताए । सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल व्यारियर र स्लोप प्रोटेक्सनका काम गरिने उनको भनाइ छ  ।

एक हजार १२६ मिटर लामो सुरुङमार्ग २०७८ फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरिएको छ । सो कम्पनीले रु. सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का लिएको हो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुक्खायाममा सुक्खा पहिरो खस्ने भएकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।

सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुले मुक्ति पाउने छन् । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठानसहित गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दीका नागरिक यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

0 Comments