२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छ : सभापति देउवा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताएका छन् ।

उनले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको आरोप लगाए ।

लामो सङ्र्षबाट स्थापना गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु स्वाभाविक हक भएको बताउँदै उनले पार्टीले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दवाव दिई जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढङ्गले अघि बढ्ने जनाए ।

पार्टीले कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेका परिवार, बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त समाज, खेतीका बेला मल नपाएर छट्पटिएको किसान, लकडाउनका बेला भोकका कारण सयौँ किलोमिटर पैदल हिँडेर गाउँ फर्किएका श्रमिक, व्यापार ठप्प हुँदा पनि राहत पुग्ने ढङ्गले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती व्यहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्योगीलगायतका पीडा र भावनालाई अब प्रखर ढङ्गले मुखरित र नेतृत्व गर्ने जनाएको छ ।

मुलुकका ७७ वटै जिल्लामा सोमबार पार्टीले आयोजना गर्ने देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि पनि उहाँले सबैमा आग्रह गरेका छन् ।