२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छु : सभामुख सापकोटा

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन् ।

उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोटमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै छ ।”

संवैधानिक परिषद्को बैठकका सम्बन्धमा सभामुख सापकोटाको विषयमा जोडेर आएका प्रचारका सन्दर्भमा स्पष्ट पार्न प्रेस नोट जारी गरिएको बताइएको छ । यही मङ्सिर २८ गते सङ्घीय संसद् सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८ः३० बजे सङ्घीय संसद्, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले आफ्नै अध्यक्षतामा आयोजना गरिएकाले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्नुभएको प्रेस नोटमा उल्लेख छ ।

सोसम्बन्धी जानकारी यसअघि नै गराइसकिएको थियो । त्यसदिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ । आजको बैठकका सम्बन्धमा सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रेस नोटमा उल्लेख छ । प्रेस नोटमा भनिएको छ, “राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।”

“नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाको विपक्षीदलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात् गर्नुभएको छ”, प्रेस नोटमा भनिएको छ,

उनले संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई हृदयङ्गम गरी जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको उल्लेख गरेका छन् । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उनले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको अवगत नै रहेको स्पष्ट पारिएको छ ।

प्रेस नोटमा भनिएको छ, “उहाँ सङ्घीय संसद्को गरिमा कायम राख्दै संवैधानिक परिषद्को मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत हुनुहुन्छ ।”