काठमाडौँ । बङ्गलादेशबाट युरीया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता भएको छ। नेपाल कृषि सामाग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारले ३ महिना अघि नै बंगलादेशबाट युरीया मल ल्याउने निर्णय गरे पनि बिहीबारमात्र औपचारिक सम्झौता भएको हो। सम्झौता अनुरुप बंगलादेशले अब नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने छ।
नेपालले जी–टु–जी ९सरकार–सरकारबीच सम्झौतामार्फत मल आपूर्ति गर्न लागेको हो।
बंगलादेशबाट नेपालले चार लटमा युरीया मल आयात गर्ने छ । सम्झौता भएको ३ महिनाभित्र मल नेपाल नियार्त गरिने छ। यो मलको आयातसँगै नेपालमा रासायनिक मलको अभाव समस्या तत्कालका लागि समाधान हुने कृषि मन्त्रालयको भनाई छ ।
यो सिजनमा खेति गरिने वालीलाई आवश्यक पर्ने मल पर्याप्त रहेको मन्त्रालयले बताएको छ। मल अभाव हुन नदिन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति समेत तयार भइरहेको मन्त्रालयले जनाएको छ।