काठमाडौँ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना भएका छन् ।
स्रोतका अनुसार छातीसम्बन्धी समस्या देखिएपछि उनी राजधानीको हेम्समा अस्पतालमा भर्ना भएका हुन् ।
१० दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको बताइएको छ ।







