२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद विघटन विरुद्ध सडक संघर्षमा उत्रन कांग्रेसलाई बाबुरामको आग्रह

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संसद विघटन विरुद्ध सडक संघर्षमा उत्रन आग्रह गरेका छन्।

आइतबार पार्टीले काठमाडौँमा गरेको विरोध प्रर्दशनका क्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम अमर्यार्दित र अनैतिक भएकाले यसको विरोधका लागी सडक संघर्षमा उत्रनु पर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको पनि बताएका छन्। चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए।

प्रतिनिधि सभा पुनस्र्थापनाका लागि अव अदालतको झिनो भर मत्र रहेकाले अदालतलाई सुनाउन पनि संघर्ष गर्नुपर्ने उनको भनाइ छ।

‘अदालतको झिनो भरमात्रै छ। अदालतलाई सुनाउन यस्ता विरोध कार्यक्रम गर्नुपर्छ,’ उनले भने। पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोआज सडकमा पलेँटी कसेर बस्न थालेको पनि भट्टराईको भनाइ छ।

‘प्रचण्ड बल्ल जिल्ल परेर सडकमा पलेँटी कस्नुभयो। पहिले हामी चुनाव चिन्ह लिन बस्यौँ अहिले उहाँ बस्नुभएको छ। योबाट हामी खुसी भने छैनौँ,’ उनले भने।

प्रतिनिधि सभा सुचारू गर्न अहिले पनि सकिने भट्टराईले बताएका छन्। सडक संघर्षबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्न सकिने उनले बताए।