१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन

अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् ।

गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् ।

स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम’ अन्तर्गत मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम आयोजना गरेको थियो ।

तालिमपछि च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्न थालेका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्बन्धित तालिम दिइएको नगरप्रमुख इवन राईले बताए । ‘मकैको खासेला गाईवस्तुलाई खुवाउन मात्र उपयोग भइरहेको थियो’, उनले भने, ‘मकैको खोसेलाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा बिक्री वितरण गर्दै आम्दानीको स्रोत बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।’

लघुउद्यमसम्बन्धी आठ दिनको तालिम दिएलगत्तै काठमाडौँबाट तीन दक्ष प्रशिक्षकलाई ल्याएर उनीहरुलाई खोसेलाको सामग्री उत्पादनसम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ । क्रमशः हलेसी, धितुङलगायतका वडामा पनि खोसेलाको सामग्री तयार पार्ने सीप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।

नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तिगत वा सामूहिकरूपमा मकैको खोसेलाबाट सामग्री उत्पादन गर्ने छन् । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलालाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा छिमेकी देश चीनसम्म निर्यात गर्ने महत्वाकाङ्क्षी लक्ष्य राखिएको छ । मकैको खोसेलाबाट महिलाले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ । आम्दानीको अन्य स्रोत नभएको उक्त क्षेत्रमा यसअघि खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनःसञ्चालनमा ल्याउन नगरपालिकाले कपासखेती प्रवर्द्धनमा रु १० लाख बजेट लगानी गरेको हो ।

पछिल्लो समय सङ्कटमा पर्दै गएको पुख्र्यौली व्यवसायलाई जगाउन नगरपालिकाका तर्फबाट किसानलाई कपासखेती गराउन बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताए । ‘बजारमा हलेसी क्षेत्रमा बुनिएका खाँडी कपडाको माग धान्न गाह्रो देखिएको छ’, उनले भने, ‘लोपोन्मुख अवस्थामा पुगेको खाँडी कपडा बुन्ने व्यवसायलाई पुनःसञ्चालनमा ल्याउन नगरपालिकामा यस वर्षबाट कपासखेतीका लागि बजेट व्यवस्था गरेका हौँ ।’

कपासखेतीका लागि ७ नं वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६/७७ मा १५ महिलालाई कपासखेती प्रवद्र्धनसम्बन्धी तालिम दिइएको थियो । हलेसी क्षेत्रका स्थानीय कृषकले कपासखेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ । कपासबाट उत्पादन गरिएको दौरा/सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ । कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेको जनाइएको छ ।

हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशमा समेत निर्यात हुने गरेको थियो । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत वृद्धि हुनेको गरेको थियो ।