२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराएकाकी छन् ।

१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन्।

उनले भनिन्, ‘महिला अधिकार स्थापित गर्न, महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रयास भएका छन्, हाम्रो देशमा संवैधानिक तथा कानूनी प्रावधान, नीति तथा कार्यक्रमसमेत निर्माण भएका छन, यी प्रावधानको प्रभावकारी कार्यान्वयन हुँदै जाँदा महिला समानता कायम गर्न तथा विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने नै छ ।’

राष्ट्रपति भण्डारीले त्यसका लागि राज्यका कार्यान्वयन गर्ने निकाय सकारात्मकरुपमा थप क्रियाशील बनाउनुपर्ने आवश्यकता महसुस भएको बताइन् । लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीयरुपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उनको भनाइ छ ।

मुलुकले हासिल गरेका हालसम्मका उपलब्धिलाई रक्षा गर्दै लैङ्गिक उत्तरदायी हिसाबले शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने कुरामा आफू विश्वास्त रहेको उनले बताइन्।

राष्ट्रपति भण्डारीले सरकारले लैङ्गिक विभेदको अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ राष्ट्रिय लैङ्गिक समानता नीति–२०७७ सार्वजनिक गरेकामा खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरिन् । सरकार र संसद्मा प्रतिनिधित्व गर्ने दल र समाजको माथिल्लो तप्का लैङ्गिकमैत्री भएपनि त्यससम्बन्धी अङ्गीकार गरिएका नीति कार्यान्वयन गर्नमा समस्या र अवरोध देखिएकामा उनले चिन्ता व्यक्त गरिन् ।

महिलालाई असमानताको दृष्टिबाट हेर्न नहुने बताउँदै उनले त्यसलाई परिर्वतन गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजको चेतना नै परिवर्तन गर्ने गरी सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन् । भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन नभएका कारण छोरा र छोरीमा हुने विभेद कायमै रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

उनले भनिन्, ‘परिवार र समाजमा छोरा र छोरी दुवै सन्तान समान हुन भन्ने दृष्टिकोणलाई आत्मसाथ गर्दै अघि बढेको अवस्थामा नै वास्तविक महिला समानता कायम हुने छ भन्ने लाग्दछ ।’ महिला अधिकार तथा लैङ्गिक समानताका लागि पूर्णप्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको छ ।