काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।
मन्त्री बादीले मन्दिरमा पुगेर विधिपूर्वक पूजाआजा गर्दै धार्मिक आस्था प्रकट गरेकी हुन्।
देउती बज्यै मन्दिर सुर्खेत जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा परिचित छ। यहाँ विभिन्न स्थानबाट भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गर्दछन्।





