काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा दाङका अर्जुन गिरी विजयी भएका छन्। बिहीबार बिहान काठमाडौँमा भएको सातौँ अधिवेशनबाट गिरी अध्यक्षमा चुनिएका हुन् ।
गिरीले कूल खसेको १७८ मतमध्ये १६१ मत ल्याएका थिए । अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए भने ३ मत बदर भएको थियो।
यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी चयन भएका छन्। उपाध्यक्षहरूमा निमेष कर्ण, मिलन गाहा, वन्दना दनुवार, भुवन सिंह चयन भएका छन्।
महासचिवमा गोरखाका किशोरजङ्ग थापा चयन भएका छन्। कोषाध्यक्षमा धादिङका सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन्।
अकोराबमा नेपाली काँग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा नेकपा एमाले र जसपालगायत दल निकट पत्रकार गठबन्धन गरेका थिए।







