१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा चक्लाबन्दी तरकारी खेती तर्फ किसानहरु आकर्षित

अ+ अ-

डोटी । डोटी जिल्लामा पछिल्लो समयमा किसानहरु चक्लाबन्दी तरकारी र आलु खेती तर्फ आकर्षित बनेका छन् ।

किसानहरु व्यवसायीक रुपमा तरकारी खेती गरुन, बजारीकरणमा सहज पहुँच होस भन्ने हेतुले चक्लाबन्दीमा खेती गर्ने अबधारणको सुरुवात गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।

उनले भने किसानहरु सामान्य रुपमा तरकारी खेती गर्दै आइरहेका छन् तर व्यवसायी रुपमा खेती गर्दा कृषक स्वयम व्यवसायीकरण तर्फ उन्मुख हुने,स्थानीय ताजा उत्पादित तरकारी सबैले उपभोग गर्न पाउनुका साथै उत्पादित बस्तुलाई बाहिर पठाउन सहज हुने देखिन्छ ।

कृर्षि ज्ञानकेन्द्रले चक्लाबन्दीमा खेती गर्नेलाई अनुदान सहयोगको कार्यक्रम अगाडी बढाएपछी आफु ७०,८० रोपनीमा तरकारी खेती गरिरहेको जोरायल गाउँपालिका वडा नम्बर २ का किसान कलक रोकायाले बताए ।

उनले भने, ‘म सामान्य रुपमा पहिले देखि नै खेती गर्दै आइरहेको थिए तर  व्यवसायीक रुपमा गर्नुपर्छ भन्ने सोच त थियो तर आर्थिक अभावका कारण गर्न सकिरहेको थिएन । अब व्यवसायी रुपमा गर्नेलाई सरकारबाट सहयोग हुन्छ भने किन न गर्ने ? भनेर व्यवसायीक रुपमा लागेको छु ।’

तरकारी व्यवसायी रोकाया मात्र होइन अहिले पछिल्लो समयमा डोटीका ग्रामीण बस्तीमा पनि किसानहरु व्यवसायीक रुपमा , तरकारी, फलफूल खेती गर्नेको संख्या बढेको देखिन्छ ।

चक्लाबन्दीमा खेती गर्न ४० रोपनी भन्दा बढी एउटै क्लस्टरमा जमिन हुनुपर्ने प्रावधान छ यदि एकजना व्यक्तिको मात्र त्यति मात्रामा जमिन नभएको अवस्थामा एक वा एक भन्दा बढी व्यक्तिहरू मिलेर पनि सामूहिक रुपमा खेती गर्न सकिने व्यवस्था रहेको कृषि ज्ञानकेन्द्रले जानकारी दिएको छ ।

डोटी जिल्लाको ५ वटा स्थानीय तहमा लागु भएको कार्यक्रम अन्तर्गत किसानहरूले दिपायल सिलगढी नगरपालिका आलु, तरकारी खेती,  शिखर नगरपालिकामा आलु खेती, बोगटान गाउँपालिकामा आलु खेती, पुर्विचौकी गाउँपालिकामा आलु र तरकारी खेती र जोरायल गाउँपालिकामा आलु तरकारी खेती गरिरहेको समेत ज्ञान केन्द्र प्रमुख पनेरुले बताए ।

चक्लाबन्दीमा आलु खेती र तरकारी खेती कार्यक्रम अन्तर्गत ३ सय ५० रोपनीमा खेती गरी ३ हजार पाचँ सय क्विन्टल आलु उत्पादन गर्ने लक्ष्य लिएको  ज्ञानकेन्द्रलेचक्लाबन्दी अन्तर्गत खेती गर्ने व्यक्ति वा समूहलाई ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

डोटीमा चक्लाबन्दीमा तरकारी खेती गर्दा एउटै क्लस्टरमा ४० रोपनी भन्दा बढी जमिनको अभाव, बढी उत्पादन भएको अवस्थामा कोल्ड स्टोरेजको समस्या रहेको प्रमुख पनेरुले बताए । यसै आर्थिक वर्ष भित्र दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकामा आलुको बिउ भण्डारणका लागि कोल्ड स्टोरेज निमार्ण हुदैछ ।

प्रतिक्रिया दिनुहोस