२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाराजगञ्ज–बूढानीलकण्ठ सडकमा खाल्डैखाल्डा

अ+ अ-

काठमाडौँ । विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई भूमिगत गर्ने काम समयमा सम्पन्न नगर्दा महाराजगञ्ज आसपासका सडक खाल्डैखाल्डा भएका छन् । प्राधिकरणले दुई वर्ष पहिले प्रणाली भूमिगत गर्न शुरु गरे पनि अझैसम्म सम्पन्न नगर्दा सडकको अवस्था खराब भएको सडक विभागले जनाएको छ ।

सो सडक मर्मतका लागि अहिले ठेक्का प्रक्रिया अघि बढाइएको छ । ठेक्का सम्झौता हुने क्रममा रहेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । प्राधिरकरणले तार जमीनमुनि राखिसकेर सडक पुनःस्थापित गर्ने उनले बताए । प्राधिकरणले पहिले सम्झौतामा उल्लेख भएको समयमा पुनःस्थापना गर्न नसकेको उनले जानकारी दिए ।

उनले भने, ‘सम्झौताअनुसार काम नभएकाले सडकको अवस्था झन्झन् खराब भइरहेको छ ।’ प्राधिकरणसँग सडक विभागले प्रत्यक सात/सात दिनमा सडक खाल्डा टाल्ने भने पनि सात महीना नाँघ्दासमेत सम्झौताअनुसारको काम हुन नसकेको प्रमुख नेपालीले बताए ।

महीनौँदेखि खनिएका खाल्डा नटालिएकाले सवारीसाधन र यात्रुले कष्टकर यात्रा गर्नु परिरहेको उनले बताए । उनले भने, ‘प्राधिकरणले नगरे पनि सडक भएकाले सबैले हामीलाई नै प्रश्न सोध्ने गर्छन् ।’

गत आर्थिक वर्षमा झण्डै ४० किमी सडकमा मर्मत (ओभरले) गरेको डिभिजनले चालू आवमा झण्डै २० किमी सडकमा कालोपत्रको तयारी गरेको छ । डिभिजनले सडक मर्मतसँगै नयाँ सडकको निर्माणसमेत गर्दै आएको छ । निर्माण र मर्मत एकसाथ अघि बढाइरहे पनि अहिले महाराजगञ्ज–बूढानीलकण्ठ सडकका कारण नागरिकले डिभिजनसँग गुनासो गरिरहेका छन् ।

गत आवमा गौशाला–चाबहिल सडकका बारेमा धेरैले प्रश्न सोधिरहेका थिए । सयौँ वर्ष पुरानो पाइपको व्यवस्थापनमा लामो समय लागेकाले सो सडक निर्माणमा लामो समय लागेको थियो । चालू आवमा नागरिक र सरोकार राख्ने निकायले महाराजगञ्ज सडक ढिलाइका बारेमा प्रश्न उठाउने गरेका छन् ।

प्राधिकरणले दुई वर्ष पहिले ३० महीनामा सम्पन्न गर्ने गरी प्रसारण प्रणालीलाई भूमिगत गर्न शुरु गरेको थियो । यसका लागि प्राधिकरणले भारतीय कम्पनी केइआइ इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ विसं २०७५ फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हालिएको छ । ठाउँठाउँमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिमसमेत रहेको स्थानीयवासी बताउँछन् ।